युद्धको मारमा आईपीएल : भएका थिएनन् लिग चरणकै १२ खेल, पहिलो र दोस्रोमा थिए गुजरात र बेंगलुरू « Khabarhub

युद्धको मारमा आईपीएल : भएका थिएनन् लिग चरणकै १२ खेल, पहिलो र दोस्रोमा थिए गुजरात र बेंगलुरू


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– हिमाचल प्रदेशको धर्मशाला रंगशालामा बिहीबार पञ्जाब र दिल्लीबीचको खेल १० ओभर १ बलसम्म भइसकेको थियो । त्यसैबेला सुरक्षा कारणले फ्लड लाइट बन्द गरियो । केहीबेरमै खेलाडी र दर्शकलाई मैदानबाट बाहिर निकालेर खेल रद्द गरियो । रंगशालामा तत्कालै ‘ब्ल्याकआउट’ भयो ।

पाकिस्तानसँगको बढ्दो तनावका कारण बीसीसीआईले आईपीएल स्थगित गरेको छ । यद्यपि, बीसीसीआईले नयाँ मिति घोषणा गरेको छैन । प्रतियोगितामा अझै लिग चरणका १२ खेल बाँकी छन् । प्रतियोगिताको फाइनल २५ मेमा हुने तय गरिएको थियो ।

यो जानकारी प्रेस ट्रस्ट अफ इन्डियाले बीसीसीआई स्रोतलाई उद्धृत गर्दै दिएको हो । बीसीसीआईका एक अधिकारीले पीटीआईसँग भने, ‘देशमा युद्ध चलिरहेको बेला क्रिकेट खेल्नु राम्रो हुँदैन ।’

पञ्जाब र दिल्लीबीचको खेल पनि बिहीबार रद्द भइसकेको छ । पाकिस्तानले बिहीबार राति करिब साढे ८ बजे भारतको जम्मु, पञ्जाब र राजस्थान सीमा क्षेत्रमा मिसाइल र ड्रोन हमला गरेको थियो ।

त्यसबेला पञ्जाबले पहिले ब्याटिङ गर्दै १० ओभर १ बलमा १ विकेटको क्षतिमा १२२ रन बनाइसकेको थियो । अचानक मैदानका फ्लडलाइटहरू बन्द गरिए र दर्शकलाई घर फर्काइयो । युद्धजन्य स्थितिलाई ध्यानमा राखेर शहरमा ‘ब्ल्याकआउट’ गरियो । अनि खेल रद्द गरियो । यो लिग चरणको ५८औँ खेल थियो ।

गुजरात शीर्षमा, तीन टिम बाहिर

आईपीएल बीचमा रोकिँदासम्म लिग चरणका ५७ खेल पूरा भइसकेका थिए । ५८औं खेल बीचमै रोकियो । ५७ खेलपछि अंक तालिकामा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलोरसँग समान १६ अंक थिए ।

राम्रो रनरेटका कारण गुजरात शीर्ष स्थानमा रह्यो । पञ्जाब तेस्रो, मुम्बई चौथो र दिल्ली पाँचौं स्थानमा थिए । उता चेन्नई, राजस्थान र हैदराबादको टोली प्लेअफ दौडबाट बाहिरिएका थिए ।

गुजरात र बैंगलोरका ३–३ खेल बाँकी

प्रतियोगिता रोकिँदासम्म ४ टिमका समान २ खेल बाँकी थिए । त्यस्तै गुजरात र बैंगलोरसहित ६ टिमका समान ३ खेल अझै हुन बाँकी थिए । शुक्रबार लखनऊ र बैंगलोरबीच लखनऊमा खेल हुने तय थियो । तर त्यसअघि नै प्रतियोगिता रोकिएको छ । बीसीसीआईले अर्को मिति तय गरेको छैन । उता पाकिस्तानमा पाकिस्तान सुपर लिगका बाँकी खेल यूएईमा गरिने भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : ०५ बजे

प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग

काठमाडौं–  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय

इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो

तेहरान– इरानमाथि इजरायल र अमेरिकाले संयुक्त रूपमा हमला गरेका छन्

इजरायलले इरानमाथि थाल्यो आक्रमण, कयौँ सहरमा विस्फोटको आवाज 

तेहरान– इजरायलले  इरानमा आक्रमण थालेको छ । इजरायलका रक्षा मन्त्रीले

तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण

तनहुँ – मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झण्डा प्रकरणबारे

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 

सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा