लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति  | Khabarhub Khabarhub

लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति 


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध प्रणालीको व्यवस्था गरेकोले यी मूल्य मान्यताप्रति प्रतिवद्ध रहँदै यसको संरक्षण, प्रवर्द्धन एवम् न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व रहेको बताएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले कानून दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । 
‘कानुन दिवसको आजको यस दिनले न्याय र कानूनको क्षेत्रमा आवद्ध सबैको मन र मस्तिष्कमा सो गुरुत्तर दायित्वको बोध निरन्तर गराई रहनेछ भन्ने विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने । 

उनले राज्यको कार्यकारिणी, विधायिकी र न्यायिक अधिकार एउटै निकायबाट प्रयोग भइरहेको तत्कालीन अवस्थामा यो ऐन प्रधान न्यायालय ऐन, २००८) लागू भएपछि व्यवहारिक रूपमै शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरूप न्याय सम्पादनको कार्यको थालनी भएको हुँदा न्याय र कानून जगतमा यो दिनको विशेष महत्व रहेको धारणा व्यक्त गरे । 

उनले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित, मुद्दाको शीघ्र व्यवस्थापनमात्रै छिटोछरितो न्याय सम्पादन, विधिको शासन कायम तथा न्यायिक मूल्य मान्यतामा क्षयिकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गरे ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ३ : ०० बजे

राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी

जम्मुमा आज पनि ब्ल्याकआउट, स्थानीयलाई घरभित्रै बस्न आग्रह

काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा आज पनि ‘ब्ल्याकआउट’ गरिएको

भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो

नयाँदिल्ली – बिहीबार रातिदेखि पाकिस्तानसँग तनाव चुलिएपछि भारतले नेपालतर्फको सीमावर्ती

गाजामा मानवीय सहायता : इजरायलले वितरणमा भाग नलिने, सुरक्षा मात्र दिने

जेरुसेलम – अमेरिकी नेतृत्वमा प्रस्तावित गाजाका लागि मानवीय सहायता योजनाअन्तर्गत

पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ