प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने | Khabarhub Khabarhub

प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर वैशाख २७ देखि ३० गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुने युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जानकारी दिए ।

उनका अनुसार लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्‌घाटन ललितपुरको होटल हिमालयमा भोलि (शनिबार) हुनेछ भने समापन मुस्ताङमा पुगेर हुनेछ ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायत विभिन्न देशका चित्रकारहरूबाट सम्बोधन हुने युनियनका अध्यक्ष लम्सालले जानकारी दिए ।

उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न गइरहेको जानकारी गराउन पाउँदा खुसी लागेको छ। नागरिक समृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रूपान्तरणमा केही योगदान पुर्‍याउन सकिन्छ भन्ने हेतुले नेपाल प्रेस युनियन यो समिट आयोजना गर्न लागेको हो । समिट काठमाडौंदेखि पोखरा ही मुस्ताङसम्म बैशाख २७ गते देखि ३० गते सम्म चल्नेछ ।’

उनका अनुसार विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नु परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभावबारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरूको कार्यक्रममा प्रस्तुति रहनेछ ।

समिटमा विश्व परिवेशलाई केन्द्रमा राखेर दक्षिण एसिया र नेपालको पत्रकारिताको बारेमा चिन्तन मनन गरिने उनले बताए ।

‘समिटमा नेपानी पत्रकारितामा पत्रकारहरूले भोग्नु परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहित निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘ बदलिँदो नेपालमा जनचाहना अनुरूपको पत्रकारिताको सन्दर्भमा अबको पत्रकारिताले सामाजिक वातावरणीय क्षेत्रमा पनि ध्यान दिन जरुरी देखिएकाले जलवाय परिवर्तनले निम्त्याएको संकटका बारेमा पनि छलफल गर्छौं। यस अन्तर्गत जलवायु संकट, समस्या पहिचान र पत्रकारिताको भूमिकालगायत विविध पक्षमा विश्लेषण हुनेछन्।’

‘समिटमा नेपानी पत्रकारितामा पत्रकारहरूले भोग्नु परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहितका निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ। साथै जलवायु परिवर्तनले निम्त्याएको जलवायु संकट, समस्या पहिचान र पत्रकारिताको भूमिकालगायत विविध पक्षमा विश्लेषण हुनेछन्।’ 

उद्‌घाटन समारोह पछि ‘राजनैतिक दल, नागरिक समाज, लोकतन्त्र र पत्रकारिता : को कति नजिक, को कति टाढा ?’ विषयमा पहिलो प्रस्तुति हुनेछन् जसमा डा. हरि शर्माले कार्यपत्र प्रस्तुत गर्नेछन् भने दिलेन्द्र बडु, पार्वत गुरूङ, रेखा शर्मा, डा. भासिल सोतिरोभ र पत्रकार शिव गाउँले वक्ताका रुपमा रहनेछन् ।

विदेशी पत्रकारसहित करिब १५० पत्रकार सहभागी हुने मिडिया समिटको यात्रा काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङको लोमाङथाङसम्म हुने नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए ।

समिटको दोस्रो दिन पर्यटकीय नगरी पोखरामा तीन वटा विषयगत सेसनमा प्रस्तुती तथा बहस पैरवी हुनेछ । उक्त दिन पहिलो सत्रमा ‘जलवायु संकट र पत्रकारिता’ दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा बहस र छलफल हुने अध्यक्ष लम्सालले जानकारी दिए ।

उनका अनुसार समिटको तेस्रो दिन पोखराखि मुस्ताङसम्म मिडिया यात्रा हुनेछ भने चौथो दिन मुस्ताङको जोमसोममा स्थानीय बासिन्दाका सहभागीतामा जलवाय संकटमा मिडियाको भूमिकाको बारेमा वृहत अन्तरक्रिया हुनेछ । समिटको अन्तिम दिन लोमाङथाङ घोषणा पत्र जारी गर्ने युननियनका महासचिव पौडेलले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ४ : १४ बजे

जस्टिस समिट २०२५ : जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा

फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते

काठमाडौं – पाकिस्तानले गरेको ड्रोन आक्रमणमा भारतको फिरोजपुरमा तीन जना

भारतीय सेनाले भन्यो : बिहीबार पाकिस्तानले ४०० ड्रोन हान्यो

नयाँ दिल्ली – भारतीय सेनाले बिहीबार राति पाकिस्तानले भारतका विभिन्न

अमृतसर र फिरोजपुरमा ठूलो विस्फोटको आवाज, जम्मूमा गोलाबारी

काठमाडौं – भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ