गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन : महेश बर्तौला « Khabarhub

गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन : महेश बर्तौला


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका छन् ।  

शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले गभर्नर नियुक्तिमा केही ढिलाइ भएपनि यस विषयलाई लिएर सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका हुन्  । 

उनले केहिदिन भित्रै नियमित प्रक्रियाबाट सरकारले गभर्नर नियुक्त गर्ने दावी गरे । गभर्नर भन्ने पद कुनै दलको नहुने भन्दै उनले सरकारले उपयुक्त पात्रलाई उपयुक्त समयमा नियुक्त गर्ने बताए ।

फरक प्रसंगमा बर्तौलाले संविधान विपरित गतिविधि गर्ने जोकोहीलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ५ : १६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा