चितवन राष्ट्रिय निकुञ्जमा अहिले गैँडा हेर्ने उपयुक्त्त समय « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा अहिले गैँडा हेर्ने उपयुक्त्त समय


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गत शनिबार कार्यपालिका सदस्य र कर्मचारीको टोलीसहित निकुञ्ज घुम्न पुगेकी खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले ३५ वटा हाराहारी एकसिङ्गे गैँडा देखिन् । उनले एउटै घाँसे मैदानमा आठ वटा गैँडामात्र हैन ढुक्कसँग बाघ हेर्ने अवसरसमेत पाइन् । 

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा घुम्न आउनेहरू यतिबेला दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, भालुजस्ता जनावर हेर्न पाउँदा फुरुङ्ग हुने गरेका छन् ।

खैरहनी नगरपालिका–१९ जना कार्यपालिका सदस्य र १२ जना कर्मचारीले एकैसाथ ठूलो सङ्ख्यामा गैँडा र बाघ हेर्ने अवसर पाएको उप्रेती बताउँछिन् । उनले भनिन्, ‘हामीले कसराबाट टाइगरटप्स जाँदै गर्दा एउटै घाँसे मैदानमा आठ वटा गैँडा देख्यौँ । फर्कँदा बाघ र भालु पनि देख्यौँ’, घोरल, सिंहकोब्राजस्ता वन्यजन्तु देखेको उनी बताउँछिन् । 

निकुञ्जभित्र पर्यटक बोक्ने जिप चलाउँदै आएका सोम तामाङ गत एक महिनायता दैनिक एउटा न एउटा जिपमा गएका पर्यटकले बाघ हेर्ने अवसर पाएको बताउँछन् । उनले भने, ‘टाइगरटप्स पुगेर चर्कंदा ३० भन्दाबढी गैँडा देख्न सकिन्छ ।’ 

सौराहाबाट मात्र निकुञ्जभित्र ३२ वटा जिप चल्छन् । यससँगै कसरा, मेघौली, माडी र नवलपरासी तर्फबाट होटलहरूमा जिप निकुञ्ज छिर्ने गर्दछन् । दिउँसो १२ देखि १ बजेको समयमा गर्मीका कारण गैँडा आहाल खेल्न पोखरीमा पस्ने हुँदा कम देखिने भए पनि अन्य समयमा निकुञ्जका विभिन्न ठाउँमा सजिलै गैँडा देख्न सकिने उनी बताउँछन् । 

सामुदायिक वनमासमेत सहजै गैँडा देखिन थालेको छ । सौराहाका निजी हात्तीहरू व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा यो दुर्लभ वन्यजन्तु हेर्ने उपयुक्त समय भएको बताउँछन् । मध्यवर्ती सामुदायिक वनमा हात्ती चढेर जाने पर्यटकले सहजै गैँडा देख्ने गरेको उनको भनाइ छ । उनले भने, ‘अरूबेला बाघ हेर्न महिनौँ कुर्नुपर्ने भए पनि अहिले बढीमा एक हप्तामा पर्यटकले सहजै बाघ देख्ने गरेका छन् ।’

चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर सौराहा हेर्दै आएका सहायक संरक्षण अधिकृत शान्तबहादुर मगर गर्मीको समयमा गैँडा पानीका पोखरी र सिमसार क्षेत्रहरूमा आउने हुँदा सजिलै देख्न सकिने बताउँछन् । घाँसेमैदान व्यवस्थापन गरेका कारण बाघलगायत वन्यजन्तुसमेत सहजै देखिने गरेको उनको भनाइ छ । 

अन्य कतिपय समयमा दिनभर निकुञ्ज घुमेर एकसिङ्गे गैँडा हेर्न नपाएर पर्यटक फर्कनुपर्ने भए पनि अहिले सहजै वन्यजन्तु हेर्न पाएपछि निकुञ्ज र सामुदायिक वनमा जिप र हात्ती सफारी एवं डुङ्गा सेयर गर्नेहरू बढेको व्यवसायीहरू बताउँछन् । 

यो निकुञ्ज नेपालमा पर्यटकका लागि सफारीको प्रमुख गन्तव्य हो । यहाँ दुर्लभ वन्यजन्तु बाघ, गैँडाजस्ता जनावर हेर्न तेस्रो मुलुक, सार्क र नेपाली पर्यटकहरू आउने गर्दछन् । 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ६ : ०४ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा