भारतीय सेनाले भन्यो : बिहीबार पाकिस्तानले ४०० ड्रोन हान्यो « Khabarhub

भारतीय सेनाले भन्यो : बिहीबार पाकिस्तानले ४०० ड्रोन हान्यो


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय सेनाले बिहीबार राति पाकिस्तानले भारतका विभिन्न स्थानहरूमा ३०० देखि ४०० वटा ड्रोन छाडेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयको तर्फबाट शुक्रबार आयोजना गरिएको प्रेस ब्रिफिङमा कर्नल सोफिया कुरैशीले बिहीबार रातिको हमलाबारे जानकारी दिएकी छिन्।

कर्नल सोफियाले भनिन्, ‘पाकिस्तानी सेनाले बिहीबार राति भारतीय सैन्य संरचनाहरूमाथि हमला गरेको छ। पाकिस्तानको तर्फबाट ३०० देखि ४०० वटा ड्रोन प्रक्षेपण गरिएको थियो।’

यद्यपि पाकिस्तानका रक्षा मन्त्रीले आक्रमण भएको भन्ने दाबीलाई अस्वीकार गरेका थिए।

कर्नल सोफियाले भनिन्, ‘भारतीय सुरक्षाफौजले काइनेटिक (जस्तै गोली, मिसाइल)र नन काइनेटिक (जस्तै इलेक्ट्रोनिक जामिङ) माध्यम प्रयोग गरी धेरै ड्रोन खसाल्न सफल भएका छन्।’

ूयति ठूलो स्तरको हवाई घुसपैठको सम्भावित उद्देश्य भारतको हवाई सुरक्षा प्रणालीको परीक्षण गर्नु र खुफिया सूचना सङ्कलन गर्नु हुनसक्छ। ड्रोनहरूको भग्नावशेषको फरेन्सिक जाँच भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट यी ड्रोनहरू टर्कीमा बनेको देखिएको छ।ू

यद्यपि, कर्नल सोफियाले गोलीबारीमा भारतीय सेनाका कति सैनिकहरू मारिए वा घाइते भए भन्ने विवरण सार्वजनिक गरेकी छैनन्।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भने बीबीसीसँग बिहीबार राति प्रतिक्रिया दिँदै भनेका छन्, ‘हामी यी सबै आरोप अस्वीकार गर्छौं। अहिलेसम्म पाकिस्तानले केही गरेको छैन। जब पाकिस्तान आक्रमण गर्छ, सबैलाई थाहा हुनेछ।’

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : ३४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्