‘लाज शरणम्’ टिमले मनायो १०० दिनको खुशीयाली, सिन्धुपाल्चोकका विद्यार्थीलाई सहयोग « Khabarhub

‘लाज शरणम्’ टिमले मनायो १०० दिनको खुशीयाली, सिन्धुपाल्चोकका विद्यार्थीलाई सहयोग


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत फागुन १४ बाट प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ले बिहीबार प्रदर्शनको १०० दिन पूरा गरेको छ । यो फिल्मलाई अझै पनि रञ्जना हलले दैनिक एक शो दिइरहेको छ ।

यो फिल्मले न्यून शो र अकुपेन्सीका साथ प्रदर्शनको १०० दिन पूरा गरेको हो । तथापि कमै फिल्मले १०० दिनको यो सफलता हात पार्छन् ।

निर्माता नवीन श्रेष्ठले मदर किड्स पाउन्डेसनमार्फत् सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीस्थित श्री बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरी फिल्म सफलताको खुसी साटेका हुन् ।

उनका अनुसार विद्यार्थीहरुलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल सहयोग गरिएको हो ।

टेलिसिरियल ‘सक्किगोनि’ टिमले बनाएको यस फिल्मको निर्देशक कुमार कट्टेल जिग्री हुन् । यो फिल्ममा सीताराम कट्टेल धुर्मुश शीर्ष भूमिकामा छन् ।

जेपीटी क्रिएसनको ब्यानर बनेको ‘सक्किगोनि’मा कलाकारहरु सागर लम्साल ‘बले’, हरिश निरौला ‘कक्रोच’, अर्जुन घिमिरे ‘पाडे’ र कमलमणि नेपाल ‘खुपिका बा’को पनि अभिनय रहेको छ ।

उनीहरुसहित विजय बराल, बुद्धि तामाङ, मुकुन्द श्रेष्ठ र महेश त्रिपाठी पनि मुख्य भूमिकामा रहेका छन् । दयाहाङ राईले गेस्ट अपिरियन्स दिएका छन् ।

निर्माता श्रेष्ठ अर्को फिल्म ‘पाँच पण्डव’ निर्माणको तयारीमा छन् । उनले ‘लाज शरणम्’को स्किवेल पनि आउने बताएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ८ : ४७ बजे

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,