मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता « Khabarhub

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली सेनाले नियन्त्रणमा लिएको समाचार बाहिर आएको छ।

फ्रिडम कोटिला कोलिसन (एफएफसी)का अनुसार त्यो जहाजसम्पर्क बाहिर गएको छ। टेलिग्राम एपमा सो समूहले जनाए अनुसार जहाजमा लाइफ ज्याकेट लगाएका देख्न सकिन्छ।

यसरी नियन्त्रणमा लिइएको जहाजमा वातावरण अभियन्ता ग्रेटा थनवर्ग लगायत रहेको जनाइन्छ। त्यसलाई इजिप्टको तटमा लगेको समाचार छ। केही समय अघि इजरायली विदेश मन्त्रालयले प्रतिबन्धित क्षेत्रमा जहाज गइरहेको जनाएको थियो। इजरायलले हमासलाई हतियार पुग्न रोक्नका लागि यो प्रतिबन्ध आवश्यक रहेको जनाएको छ।

एफएसीले जनाए अनुसार राहत सामग्री लिएर सो जहाज शुक्रबार इटालीको सिसिलीबाट हिँडेको थियो।

इजरायलका रक्षा मन्त्री एरिक काजले पानी जहाजलाई फिर्ता गर्ने बताउँदै त्यसलाई प्रतिबन्ध कुनै पनि हालतमा लागु गरी छाड्ने बताएका छन्।

उनले सन् २००७ देखि नै हमासलाई हतियार उपलब्ध गराउन रोक्ने उद्देश्यले प्रतिबन्ध लगाएको बताए।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ८ : ५६ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण