भारतीय दूतावासको आयोजनामा क्रिकेट प्रतियोगिता « Khabarhub

भारतीय दूतावासको आयोजनामा क्रिकेट प्रतियोगिता


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले २०८२ जेठ १७ गतेदेखि जेठ २५ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आयोजना गरेको छ।

प्रतियोगितामा भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासंघ, कर्पोरेटहरू र नेपालमा रहेका भारतीय डायस्पोराको प्रतिनिधित्व थियो ।

नेपालका लागि भारतीय राजदूत, बेलायती राजदूत तथा नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया महाशाखा) को उपस्थितिमा गत जेठ १७ गते उद्घाटन समारोह भयो ।

एक हप्ताको प्रतिस्पर्धापछि जेठ २५ गते एक रोमाञ्चक फाइनलसँगै प्रतियोगिता सम्पन्न भयो । खेलमा भारतीय दूतावासको टोलीले भारतीय डायस्पोराको टोलीसँग प्रतिस्पर्धा गर्‍यो ।

फाइनलपछि ट्रफी वितरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारी उपस्थित थिए । त्यस अवसरमा खेलमा उत्कृष्ट प्रदर्शन गर्नेलाई सम्मान गरियो ।

साँझपख प्रतियोगिताको सफलताको उत्सव मनाउन रिसेप्सन कार्यक्रम आयोजना गरियो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राजदूत, क्यानका अध्यक्ष र नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीका सम्मानित सदस्य थिए सौहार्दता र खेलकुद भावनालाई सुदृढ पार्दै सहभागी छवटै टोलीका सदस्य पनि उक्त कार्यक्रममा उपस्थित थिए ।

खेलकुदको क्षेत्रमा भारत–नेपाल सहकार्यलाई अझ प्रगाढ बनाउने एउटा महत्वपूर्ण कदम स्वरुप राजदूतले तीनजना आशालाग्दा यू–१९ नेपाली क्रिकेटरलाई क्रिकेट किट हस्तान्तरण गरियो ।

त्यही अवसरमा भारतीय राजदूतावास ‘नेपाली युवाका लागि राजदूत क्रिकेट फेलोशिप’ पनि घोषणा गर्‍यो । जसअन्तर्गत नेपालबाट दुईजना युवा क्रिकेटरलाई भारतका प्रतिष्ठित कोचिङ एकेडेमीमा छोटो अवधिको कोचिङ दिइनेछ ।

यो पहल क्रिकेटप्रतिको साझा प्रेममार्फत् नेपालमा युवा विकासलाई सहयोग गर्ने र जनता–जनताबीचको बलियो सम्बन्धलाई प्रवर्द्ध गर्ने भारतको निरन्तर प्रतिबद्धताको अंश रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  २ : ४२ बजे

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्