राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित « Khabarhub

राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको छ। सभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
 
त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा. बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्माले भाग लिएका थिए ।
 
सो प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले प्रस्तुत विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न मार्गप्रशस्त गर्ने तथा जलमार्गमार्फत नेपालको पहुँच समुद्रसम्म पुग्ने विश्वास व्यक्त गरे। 

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ३० गते शुक्रबार अपराह्न १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ४ : १० बजे

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन

गृहमा सुदनलाई पठाएर डीपीलाई सभामुख बनाउने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्।