शान्ति चाहन्छौँ, सुरक्षामा जोखिम भए कठोर जवाफ पनि दिन्छौँ : भाजपा सांसद ठाकुर « Khabarhub

शान्ति चाहन्छौँ, सुरक्षामा जोखिम भए कठोर जवाफ पनि दिन्छौँ : भाजपा सांसद ठाकुर


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय जनता पार्टी भाजपाका सांसद अनुराग ठाकुरले भारत शान्तिप्रिय मुलुक भएपनि कुनै पनि खतराको कठोर जवाफ दिन तयार रहेको बताएका छन् । राष्ट्रवादी कांग्रेस पार्टी (शरदचन्द्र पवार) की सांसद सुप्रिया सुलेको नेतृत्वमा भारतीय सांसदको प्रतिनिधिमण्डलका साथ इजिप्ट भ्रमणमा रहेका बेला सांसद ठाकुरले यस्तो बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले शान्तिपूर्ण मुलुकका रुपमा भारत प्रतिबद्ध रहेको बताए । यद्यपि राष्ट्रिय सुरक्षामा उत्पन्न हुने कुनै पनि खतराको जवाफ दिन भारत तयार रहेको समेत उनले बताए ।

उनले भारतको सीमाभित्र रहेका १ अर्ब ४० करोड नागरिकको सुरक्षा आफ्नो मुलुकको सबैभन्दा ठूलो प्राथमिकता रहेको उल्लेख गरे । यसका लागि कुनै पनि कदम चाल्न भारत तयार रहेको उनको भनाइ छ ।

पाकिस्तानले आतंकवादलाई प्रोत्साहन गरिरहेको पनि उनले आरोप लगाए । उनले पाकिस्तानलाई आणविक हतियारको धम्की नदिन पनि चेतावनी दिए ।

पाकिस्तानमा रहेका आतंकवादी पूर्वाधारलाई लक्षित गरी सञ्चालन गरेको अपरेशन सिन्दुरबारे जानकारी दिन भारतीय संसदका सदस्यहरु विभिन्न मुलुकको भ्रमणमा रहेका छन् । भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको जवाफस्वरुप भारतले अपरेशन सिन्दुर सञ्चालन गरेको हो ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : २३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल