मुस्ताङमा बाढीले चार पुल बगायो, दुई पुलमा क्षति | Khabarhub Khabarhub

मुस्ताङमा बाढीले चार पुल बगायो, दुई पुलमा क्षति


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – उपल्लो मुस्ताङमा लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको हो।

बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले सूचना संम्प्रेषण गरेको छ।

यसैगरी बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बाढीले बगाएर क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ। उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। उनका अनुसार बाढीले त्यस क्षेत्रमा मानवीय तथा पशुचौपायामा क्षति नभएको बताए।

बाढीको सतह अहिले केही मत्थर हुँदै गइरहे पनि त्यस क्षेत्रको सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोेसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली खटिएको छ।

त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले स्थानीयलाई हुन सक्ने खतराको बारेमा जानकारी गराएका छन्। अहिले त्यस क्षेत्रमा बाढीको बाहव कम भइसकेको भए पनि सम्भावित जोखिमको खतरा टरिनसकेकाले स्थानीयलाई आवश्यक सर्तकता अपनाउनसमेत जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ८ : १९ बजे

‘विद्या भण्डारी राजनीतिमा आउने होइन, संरक्षक भएर बस्‍नुपर्छ’

ललितपुर- प्रमुख सत्तारूढ नेकपा एमालेले यतिबेला लतिपुरको गोदावरीमा दोस्रो महाधिवेशन

ग्रीसको आर्थिक नीति सशक्त बन्दै : कर छुट र श्रमिक हितमा जोड

एथेन्स– ग्रीसका प्रधानमन्त्री क्यरियाकोस मित्सोताकिसले शनिबार २०२६ का लागि १.६

सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु

सिराहा– सिरहा नगरपालिका-१९ जोगिया टोल बस्ने ५० वर्षीया सुलेना देवी खत्बे

‘जेन–जीको आन्दोलन’लाई नायक अनमोल केसीको साथ

काठमाडौं – नायक अनमोल केसीले ‘जेन–जी’ पुस्ताले सोमबार काठमाडौंको माइतीघरमा

गाजामा पीडाबारे इजरायली मिडियामा परिवर्तनशील धारणा

तेल अभिव- गाजामा जारी युद्धको समाचार इजरायली मिडियामा पछिल्ला दिनमा