एमाले सांसदहरूलाई सोबिताको कटाक्ष- स्पेन गएका केही व्यक्ति नफिरेकै हुन्, नेपाली भाषा नबुझ्नु मेरो समस्या होइन | Khabarhub Khabarhub

एमाले सांसदहरूलाई सोबिताको कटाक्ष- स्पेन गएका केही व्यक्ति नफिरेकै हुन्, नेपाली भाषा नबुझ्नु मेरो समस्या होइन


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएका मानिसहरू नफर्किएको भनेर आफूले नभनेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा गौतमले आफूले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको बताइन् ।

उनले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा गएका अन्य व्यक्ति चाहिँ नफर्किएको बताएको उनले स्पष्ट पारेकी छन् ।

स्पेनमा प्रधानमन्त्री सहभागी भएको कार्यक्रम निकै ठूलो भएकाले त्यस कार्यक्रममा विभिन्न संघसंस्थाबाट नक्कली कागजात बनाएर थुप्रै नेपाली गएको उनले बताइन् ।

मंगलबार आफूले संसद्मा राखेको धारणालाई नबुझेर बिभिन्न टिप्पणी भएकोप्रति उनले आपत्ति जनाइन् ।

आफ्नो भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको मागप्रति गौतमले नेपाली भाषा नबुझेर भएका अपव्याख्या आफ्नो समस्या नभएको दाबी गरिन् ।

आफ्नो भनाइ रेकर्डबाट हटाउनुपर्ने कुनै कारण नरहेको जिकिर उनले गरिन् । त्यस्तै उनले भिजिट भिसा प्रकरणमा सरकारले स्वार्थ बाझिनेगरि समिति बनाएकाले आफूहरूको निरन्तर विरोध रहेको बताइन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : ०९ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको