टिकटदर मूल्यांकनमा चुक्यो विकास बोर्ड, ‘लुट’ सम्मानित नहुनुको कारण यस्तो ! | Khabarhub Khabarhub

सिनेमा

टिकटदर मूल्यांकनमा चुक्यो विकास बोर्ड, ‘लुट’ सम्मानित नहुनुको कारण यस्तो !


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र विकास बोर्डले हालै ‘अल टाइम हिट’ २५ फिल्मको सूची सार्वजनिक गर्‍यो । तर, तीमध्ये ६ वटा फिल्मको टिकटसङ्ख्या उल्लेख गरेको छ ।

बोर्डले टिकट बिक्रीलाई भन्दा ग्रस कलेक्सनलाई आधार मानेरै हिट फिल्मको सर्ट लिस्ट तयार गरेको थियो । ०७१ सालमा प्रदर्शनमा आएको ‘कबड्डी’, ‘कोहिनूर’, ०७२ मा प्रदर्शनमा आएको ‘कबड्डी कबड्डी’, ०७३ मा प्रदर्शनमा आएको ‘छक्का पञ्जा’, ०७४ मा प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ र ‘शत्रु गते’ सहितका ६ फिल्मको टिकट बिक्री सङ्ख्या बोर्डको रेकर्डमा छैन ।

यी फिल्म प्रदर्शनमा आउँदा नेपालमा बक्स अफिस प्रणाली लागु नभएकाले बोर्डसँग टिकट बिक्री सङ्ख्याबारे यकिन तथ्याङ्क नभएको हो ।

०७५ सालमा मात्रै नेपालमा बक्स अफिस प्रणाली लागु भएको हो । बोर्डले आफ्नो २५ औं वार्षिक उत्सवमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने २५ फिल्मलाई सम्मान गरेको थियो ।

‘छक्का पञ्जा ४’ लाई बोर्डले हिट फिल्मको चौथौ स्थानमा राखेको छ । यसको ६ लाख २४ हजार टिकट बिक्री भएको छ ।

बोर्डले ‘जारी’ लाई हिट फिल्मको पाँचौं स्थानमा राखेको छ । यसको टिकट बिक्री सङ्ख्या ‘छक्का पञ्जा ४’को भन्दा एक हजारले बढी छ ।

फिल्म ‘छ माया छपक्कै’भन्दा ‘बोक्सीको घर’को टिकट बिक्री ६९ हजार १०२ ले कम छ । तर, ‘छ माया छपक्कै’ लाई बोर्डले सूचीको १५औँ स्थानमा राखेको छ ।

चलचित्र ‘बोक्सीको घर’ १४ औंं स्थानमा छ । त्यस्तै, ३ लाख ३१ हजार टिकट बिक्री भएको ‘छक्का पञ्जा ३’ लाई बोर्डले १९ औं स्थानमा राखेको छ ।

त्यो भन्दा कम टिकट बिक्री भएका ‘परदेशी २’, ‘अञ्जिला’, ‘दिमाख खराब’ क्रमशः १८, १७ र १६ औं नम्बरमा छन् । अर्थात्, यी तीनको भन्दा बढी टिकट बिक्री ‘छक्का पञ्जा ३’को छ । ‘दिमाख खराब’भन्दा ‘छक्का पञ्जा ३’को टिकट ३१ हजारले बढी बिकेको छ ।

अर्थात्, बोर्डले टिकट बिक्री सङ्ख्या भन्दा ग्रस कलेक्सन अङ्कलाई ध्यान गरेर हिट किटान गरेको हो । जुन कुरा बोर्डले पनि भन्दै आएको छ ।

बोर्डले सम्मान गरका फिल्महरुको सूची

‘लुट’ किन परेन हिटको सूचीमा ?

निश्चल बस्नेतको निर्देशनमा बनेको फिल्म ‘लुट’ ०६८ सालमा प्रदर्शनमा आएको थियो ।

त्यसबेलाको यो ‘बल्कबस्टर’ फिल्म हो । सुस्ताएको नेपाली सिनेमा बजारलाई ‘लुट’ले पुनर्जागृत गराएको भन्ने विश्लेषण पनि सुन्न पाइन्छ ।

‘लुट’ बोर्डको उक्ट हिट फिल्मको सूचीमा परेन । बोर्डको सूचीमा नपर्दा धेरैले यस फिल्मबारे चासो राखेका छन् ।

बोर्डको सूचीको अन्तिममा अर्थात् २५ औं स्थानमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ छ । यसको व्यापार सात करोड ३२ लाख रुपैयाँ छ ।

‘लुट’ले ग्रस कलेक्सन ‘भष्मे डन’को भन्दा पनि कम रहेको निर्देशक निश्चल बस्नेत बताउँछन् । उनका अनुसार ‘लुट’ले ६ करोड रुपैयाँभन्दा केही बढी मात्रै ग्रस कलेक्सन गरेको छ ।

तर, नौ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरे पनि यो बोर्डले सार्वजनिक गरेको हिट फिल्मको सूचीमा ‘लुट २’ नपरेको निर्देशक निश्चलले खुलाए ।

उनले भने, ‘लुट २ सूचीमा हुनुपर्ने हो भएन । मैले बोर्डका सम्बन्धित पदाधिकारीलाई नै यो कुरा जानकारी गराएको छु ।’

‘ए मेरो हजुर ३’का निर्माताको दाबी

‘ए मेरो हजुर ३’ ०७५ चैतमा प्रदर्शनमा आएको हो । यही वर्षदेखि नेपालमा बक्स अफिस प्रणाली लागु भएको हो ।

यस फिल्ममा नायक अनमोल केसी र नायिका सुहाना थापा छन् । अनमोल र यो फिल्म निर्माण टिमसँग नजिक रहेका व्यक्तिहरू भन्छन्, ‘अनमोलको सबैभन्दा बढी व्यापार गर्ने फिल्म ए मेरो हजुर ३ नै हो ।’

खबरहबले निर्माता सुनीलकुमार थापालाई यस फिल्मको ग्रस कलेक्सनबारे सोधेको थियो । उनले यसको ग्रस कलेक्सन आठ करोड रुपैयाँभन्दा माथि रहेको बताए ।

यसको प्रमाण दिनसक्नुहुन्छ ? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘यो फिल्म प्रदर्शनमा आउँदा बक्स अफिस प्रणाली सुरु भएको थियो । बोर्डसँगै छ नि यसको तथ्याङ्क ।’

अरू हिट फिल्म पनि सूचीमा नपरेका हुन् ?

गत असार १ गते बोर्डले पछिल्लो २५ वर्षमा प्रदर्शनमा आएका २५ हिट फिल्मलाई सम्मान गर्ने सूचना जारी गरेको थियो ।

त्यही सूचनामार्फत बोर्डले ५ करोडभन्दा बढीको व्यापार गर्ने फिल्मका निर्मातालाई ग्रस कलेक्सनको प्रमाण खुल्ने कागजातसहित निवेदन पेस गर्न आग्रह गरेको थियो ।

निर्देशक निश्चल बस्नेत बोर्डको उक्त सूचना थाहा नपाएर निवेदन नदिएको बताउँछन् । उनी भन्छन्, ‘खै सूचना निकालिएको थाहै भएन मलाई ।’

त्यस्तै, निर्माता सुनीलकुमार भने ‘आफूलाई सम्मान गर’ भनेर निवेदन दिन मन नलागकेको तर्क गर्छन् ।

भन्छन्, ‘बोर्ड आफैँसँग तथ्याङ्क छ र हुनुपर्छ । मलाई सम्मान गर्नु है भनेर हामीले आफैँले निवदेन दिनुपर्ने प्रक्रिया मलाई ठीक लागेन ।’

अर्थात्, केहीले सूचना थाहा नपाएको र केही निर्माताहरू प्रक्रियामा जान नचाहेको भेटिएको छ । निश्चल र सुनीलकुमार जस्तै अरू व्यक्ति नहोलान् भन्न सकिन्न ।

निश्चल र सुनीलको प्रतिक्रियाले साढे सात करोडभन्दा माथि व्यापार गर्ने केही फिल्म उक्त हिटको सूचीमा प्रक्रियागत प्रावधनाले समावेश नभएको सन्देश जान्छ ।

तर, कुनै निर्माताहरू खुलेर यसबारे बालेका छैनन् । एक निर्माता भन्छन्, ‘साढे सात करोडमाथि व्यापार गर्ने मेरो फिल्म पनि छ । ८–१० वर्ष पूरानो हिसाब अहिले कसरी ल्याउनु ?’

बोर्डले नबुझेको कि बुझ पचाएको ?

चलचित्र विकास बोर्डले ०५७ सालयता अर्थात् विगत २५ वर्षमा प्रदर्शनमा आएका २५ फिल्मको सर्ट लिस्ट निकालेको हो ।

अहिले मल्टिप्लेक्समा एक टिकटको दर ४०० रुपैयाँ छ । २५ वर्षअघि एक टिकटको दर कति थियो ? त्यसबेला टिकट दर स्वभाविक रूपले १०० रुपैयाँभन्दा कम थियो ।

मानौँ, उक्त टिकरदर भएको बेला कुनै फिल्मले तीन करोडभन्दा बढी ग्रस कलेक्सन गर्नु भनेको अहिलेको अवस्थामा १२ करोड रुपैयाँ हाराहारीमा व्यापार गर्नु हो ।

धेरै परको चर्चा नगरौं । लुटको उदाहरण लिँदा हुन्छ । प्रदर्शनमा आएको १४ वर्ष भयो । त्यसबेला टिकट मूल्य अहिलेको आधाभन्दा कम थियो ।

अहिलेको टिकदर र त्यसबेलाको टिकदरको मूल्याङ्कन गर्ने हो भने ‘लुट’को ग्रस कलेक्सन १२ करोड रुपैयाँ नाघ्छ ।

निश्चल बस्नेतको पनि मत यस्तै यस्तै छ। उनी खुलेरै अङ्क भन्न नरुचाए पनि भन्छन्, ‘त्यसबेला टिकट दर निकै कम थियो । टिकटदर मूल्याङ्कन गर्ने अहिलेको हिसाबले ग्रस कलेक्सन निकै बढी आउँछ ।’

फिल्म क्षेत्रबारे लामो समय रिपोर्टिङ गरेर अहिले चलचित्र विश्लेषण र लेखकको परिचय बनाएका सामाप्यिराज तिम्लसेना पनि बोर्ड टिकट मूल्याङ्कन गरेर सर्ट लिस्ट तयार गर्न चुकेकै मत राख्छन् ।

यसलाई उनी बोर्डको लापर्वाहीका रूपमा लिन्छन् । उनी प्रश्न उठाउँछन्, ‘बोर्ड फिल्म क्षेत्रलाई नियमन गर्ने सरकारी निकाय हो । बढेको टिकट दर र पूरानो टिकट दर बोर्डले मूल्याङ्कन नगरे कसले गर्ने ?’

बोर्डले टिकटदर मूल्याङ्कन नगरेर केही मेकरहरूको अपमान गरेको सामिप्यको बुझाइ छ ।

उनी भन्छन्, ‘बोर्डलाई अङ्क गनेर मात्रै सर्टलिस्ट गर्ने छोटोबाटो अपनाउने छुट छैन । कम्तिमा टिकटदर मूल्याङ्कन गरेर फिल्महरूलाई सम्मान गर्नुपर्थ्यो । यो नगर्दा पूराना हिट फिल्म सूचीमा परेका छैनन् । यो ती मेकहरूका लागि अपमानको कुरा हो ।’

बोर्डको टिकट मूल्याङ्कन नगरेकै कारण सर्ट लिस्टमा ७० पछिका मात्रै फिल्म परेको उनको विश्लेषण छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : ५३ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।