कैलाली कारागारमा झडप : छानबिन समिति गठन « Khabarhub

कैलाली कारागारमा झडप : छानबिन समिति गठन


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलाली कारागारमा हिजो राति भएको भीषण झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र एक जनाको आइसीयुमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

घटनापछि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य छन्।

समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार ‘उपयुक्त विधि अपनाई के कसो भएको हो आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न’ भनिएको छ।

घटनाको कारणबारे आधिकारिक रूपमा केही सार्वजनिक गरिएको छैन तर प्रारम्भिक जानकारी अनुसार कैदीबन्दीबीचको विवादले झडपको रूप लिएको अनुमान गरिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १ : ०० बजे

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप