उदयपुरमा लाखे जात्रा सुरु « Khabarhub

उदयपुरमा लाखे जात्रा सुरु


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उदयपुर– यहाँ नेवार समुदायको लाखे जात्रा सुरु भएको छ । जनै अर्थात क्वाँटी पूर्णिमासँगै जिल्लाका नेवार समुदायको बाहुल्य भएका पालिकाहरूमा जात्रा सुरु भएको छ । यो जात्रा भदौ १ गते कृष्ण जन्माष्टमीका दिनसम्म मनाइने नेवा देय् दबुः चौदण्डीगढी नगरपालिकाका अध्यक्ष रमेश प्रधानले जानकारी दिए । 

त्यस्तै नेवार समुदायको भाषा, साहित्य, कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले झीगु नेवाः पुचः, मिसा पुचः र अन्य उप–समितिहरूको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम गाईघाट लगायतका पालिकाहरूमा समेत शनिबारबाटै लाखे जात्रा सुरु भएको झीगु नेवाः पुचः का जिल्ला सचिव गोपाल श्रेष्ठले जानकारी दिए।

भिमसेन मन्दिरमा विधिवत पूजा गरि लाखेमा प्रयोग हुने ढोल, झ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडा लगायतका सामग्रीको पूजा गरि जात्रा सुरु गरिएको हो ।

द्वापर युगमा भगवान श्रीकृष्ण र मामा कंशबीचको लडाईँका सम्झना सहित विभिन्न गतिविधि गर्दै नेवार समुदायको बसोबास भएको क्षेत्रमा लाखे जात्रा घुमाउने चलन रहेको किशोर ताम्राकारले बताए । 

जनै अर्थात क्वाँटी पूर्णिमासँगै सुरु भएको लाखे जात्रा कृष्ण जन्माष्टमीका दिन रथ यात्रा सहित नगर परिक्रमासँगै समापन गरिने बताइएको छ ।

सदरमुकाम गाईघाटमा भने साउन ३१ गते नगर भित्रका सबै लाखेहरुको जम्मा गरि वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको समेत आयोजक झीगु नेवाः पुचःले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : ०१ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको