सवारी दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश  १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए ।

घाइते दुवैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : २० बजे

एसिया कपको फाइनलका कारण नेपाल र वेष्ट इन्डिज सिरिजको मिति परिवर्तन

काठमाडौं – एसिया कपको फाइनलका कारण नेपाल र वेष्ट इन्डिजबीचको

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ । बैठक

शाहरुखको अधूरो प्रेमकथा, प्रियंकाले पूरा गरिन् ‘द साइक्ल अफ लभ’

काठमाडौं – बलिउडका सुपरस्टार शाहरुख खान र ग्लोबल आइकन प्रियंका

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय

संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले संघीयता