कैलाली कारागार प्रकरण : मुख्यमन्त्री शाहले भेटे गृहमन्त्री « Khabarhub

कैलाली कारागार प्रकरण : मुख्यमन्त्री शाहले भेटे गृहमन्त्री


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली कारागार कैदी–बन्दीले नियन्त्रणमा लिइरहँदा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । उनले शनिबार भैंसेपाटीस्थित सरकारी निवासमा गृहमन्त्री लेखकसँग भेट गरेका हुन् ।  

भेटका क्रमा कैलाली कारागारमा भएको घटनाको विषयसँगै सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

शुक्रबार राति कैलाली कारागारभित्र कैदी–बन्दीबीच झडप हुँदा धनगढी उपमहानगरपालिका ४ का भरत चौधरीको मृत्यु भएको थियो । झडपमा परी ४७ जना घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको छ ।

झडपबाट भएको क्षतिबारे यकिन तथ्य बाहिर आउन सकेको छैन । कैदी–बन्दीहरूले भित्रबाट ताला लगाएर थुनुवाकक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने उनीहरूले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : ३९ बजे

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप