संघीय लोकतान्त्रिक मोर्चाका लागि उपनिर्वाचन परीक्षा हो : रेशम चौधरी   « Khabarhub

संघीय लोकतान्त्रिक मोर्चाका लागि उपनिर्वाचन परीक्षा हो : रेशम चौधरी  


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कैलाली– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताएका छन् । 

तराई–मधेशकेन्द्रित दलहरूको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले शनिबार कैलालीको सुख्खडमा आयोजना गरेको जनजागरण अभियान कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचन मोर्चाको परीक्षा भएको चौधरीको भनाइ थियो । ‘यसपालि रूपन्देहीमा हुने उपनिर्वाचन मोर्चाको परीक्षा भएकोले जसरी पनि जित्नु पर्छ,’ उनले भने । 

मोर्चामा आवद्ध अन्य दलहरूले उपनिर्वाचनमा नाउपाका उम्मेदवरलाई सहयोग गर्ने भएका छन् । संरक्षक चौधरीले थारु–मधेशीलगायत सबै उत्पीडितहरूको एकताका लागि मोर्चा गठन गर्नु परेको बताए । 

थारु भएकै कारण आफूहरूमाथि अन्याय र विभेद भएको उनले गुनासो गरे । मोर्चाले यसअघि साउन २१ गते रूपन्देहीको सियारीमा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा पनि संरक्षक चौधरीले उपनिर्वाचन खेलाँची नभएको भन्दै जसरी पनि जित्नै पर्ने बताएका थिए । 

उनले बोल्दै मधेसीहरूले थारूलाई विश्वास गरेर गुन लगाएको भन्दै मोर्चा आवद्ध अन्य दलहरू प्रति आभार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : १९ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको