भोजपुरको टक्सारमा लाखेजात्रा « Khabarhub

भोजपुरको टक्सारमा लाखेजात्रा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ । यहाँ २१० वर्ष अघिदेखि निरन्तर लाखेजात्रा मनाइदै आइएको बताइन्छ । परम्परा र संस्कृति जगेर्नाका लागि निरन्तर जात्रा मनाउने क्रम चलिरहेको भाषा प्रशिक्षक तथा अगुवा प्रेमकुमार शाक्यले बताए ।

भोजपुर टक्सारमा लाखेजात्रा प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिनदेखि सुरु गरी कृष्ण जन्माष्टमीका दिनसम्म बनाउने परम्परा रहँदै आएको उनले जानकारी दिए । उनले भने, “परम्परागत संस्कार र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले टक्सारमा जात्रा मनाउन क्रम निरन्तर जारी छ ।”

स्थानीय विमल रणपेहलीले स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको बताए । संस्कार र संस्कृति जगेर्नामा टक्सारका नेवार समुदाय मात्र नभई सबै समुदायका व्यक्ति सक्रिय रहेका उनले बताए ।

टक्सार बजारमा श्रीकृष्ण जन्माष्टमीमा लाखेजात्रासँगै मेलासमेत लगाउने परम्परा रहँदै आएको छ । तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहको पालामा विसं १८७२ मा स्थापित टक्सार ऐतिहासिक धार्मिक सम्पदाहरू भएको बजार हो ।

यहाँ ललितपुरको पाटनमा भएका प्रायः धर्मिक सम्पदाहरू स्थापित गरिएका छन् । स्थानीय भीमसेन स्थानको परिसरमा टक्सार खानी अड्डाको स्थापना भएपछि सो अड्डाबाट तामाका एक पैसे र दुई पैसे डोली पैसा छापिन गर्दथ्यो ।

एक तोला र दुई तोलाको डोली पैसा तौल गर्ने कार्यमा पनि प्रयोग गरिने भएकाले यिनीहरुलाई स्थानीय भाषामा ढःढेवा अर्थात् ढक पैसा पनि भनिन्थ्यो । यहाँ ‘टक्सार’ स्थापना भएपछि गाउँकै नाम टक्सार रहन गएको इतिहास पाइन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ९ : ४८ बजे

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक

२०८२ मा सेयर बजार : १७१.५२ अंकले बढ्यो, आगामी वर्ष कस्तो रहला ?

काठमाडौं– वि.सं. २०८२ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै २

इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

एजेन्सी– इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर