बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा « Khabarhub

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित निर्णयलाई प्रदेश राजपत्रमा प्रकाशित गर्दै बिदा औपचारिक रूपमा घोषणा गरिएको हो।

निर्णय अनुसार उक्त दिन बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था तथा निजी संघसंस्थाहरू बन्द रहनेछन्।

गाईजात्रा काठमाडौं उपत्यकासहित बागमतीका विभिन्न क्षेत्रमा विशेष रूपमा मनाइने नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व हो। पितृ श्रद्धा र स्मरणका रूपमा मनाइने यस पर्वमा गाईको स्वरूपमा सिँगारी टोलटोल घुम्ने, नाचगान गर्ने र विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा रहिआएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १० : ०८ बजे

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप