बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा « Khabarhub

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित निर्णयलाई प्रदेश राजपत्रमा प्रकाशित गर्दै बिदा औपचारिक रूपमा घोषणा गरिएको हो।

निर्णय अनुसार उक्त दिन बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था तथा निजी संघसंस्थाहरू बन्द रहनेछन्।

गाईजात्रा काठमाडौं उपत्यकासहित बागमतीका विभिन्न क्षेत्रमा विशेष रूपमा मनाइने नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व हो। पितृ श्रद्धा र स्मरणका रूपमा मनाइने यस पर्वमा गाईको स्वरूपमा सिँगारी टोलटोल घुम्ने, नाचगान गर्ने र विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा रहिआएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १० : ०८ बजे

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक

२०८२ मा सेयर बजार : १७१.५२ अंकले बढ्यो, आगामी वर्ष कस्तो रहला ?

काठमाडौं– वि.सं. २०८२ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै २

इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

एजेन्सी– इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर