कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौं  पठाइयो « Khabarhub

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौं  पठाइयो


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२ का २२ वर्षीय आयुश भट्टराईलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत आइतबार काठमाडौं पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

उक्त झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रशासनले जनाएको छ।

शनिबार दिउँसो पनि कारागारको अवस्था असामान्य बनेको थियो। कैदीहरूले केही समय कारागार नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनाउन प्रहरी परिचालन गरिएको थियो।

घटनाको कारण र पृष्ठभूमि पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

यस घटनाप्रति गृहमन्त्री रमेश लेखकले पनि चासो जनाउँदै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १० : ३० बजे

एनपीएल : पहिलो क्वालिफायरमा आज सन्दीप र दीपेन्द्रको भिडन्त, कुन खेलाडीको प्रभाव कति ?

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा लिग चरणका खेलहरु

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार