बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ « Khabarhub

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई प्रतिबन्ध लगाएपछि यस ‘प्यालेस्टाइन एक्सन’ नामक प्यालेष्टिनी समूहलाई समर्थन गर्ने पछिल्लो र सबैभन्दा ठूलो विरोध प्रदर्शनका क्रममा लण्डनको प्रहरीले शनिबार कम्तीमा २०० जनालाई पक्राउ गरेको छ।

बेलायतको राजधानी लण्डनको महानगरीय प्रहरीले ‘पार्लियामेन्ट स्क्वायर’मा भएको प्रदर्शनमा थप व्यक्ति पक्राउ पर्ने अपेक्षा गरेको छ, किनकि आयोजकहरूले सयौँमध्ये केहीलाई मात्र हिरासतमा लिइएको दाबी गरेका छन्।

महानगरीय प्रहरी विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ त्यहाँ उपस्थित भएर प्रदर्शन हेरिरहेका केही व्यक्तिहरू पनि ‘प्यालेस्टाइन एक्सन’लाई समर्थन गरेको आरोपमा पक्राउ परेका भन्ने समाचार सत्य होइन।” उनीहरू सबै प्रदर्शनकारी थिए।”

विज्ञप्तिमा भनिएको छ, “हामीलाई विश्वास छ, आज प्यालेस्टाइन एक्सनको समर्थन मा प्लेकार्ड लिन ‘पार्लियामेन्ट स्क्वायर’मा आएका जो कोही लाई कि गिरफ्तार गरिएको छ वा उनीहरू गिरफ्तार हुने प्रक्रियामा छन्।”

दक्षिणी इङ्ल्यान्डको एक वायु सेनाको बेसमा आक्रमण गरी दुई वटा विमानमा ७० लाख पाउन्ड ९९३ लाख अमेरिकी डलर० को क्षति पु¥याएको केही दिनपछि सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको थियो।

बेलायतको गृह मन्त्रालयले शनिबारको विरोध प्रदर्शनअघि आफ्ना सुरक्षा सदस्यहरूलाई अन्य ‘गम्भीर आक्रमणहरू’मा पनि उक्त समूहको संलग्नता रहेको बताएको थियो जसमा ‘हिंसा, महत्त्वपूर्ण चोटपटक र व्यापक आपराधिक क्षति’ भएको उल्लेख थियो।

संयुक्त राष्ट्रसङ्घ, एम्नेस्टी इन्टरनेसनल र ग्रिनपिसजस्ता गैरसरकारी संस्थाहरूलगायत आलोचकहरूले यो कदमलाई कानुनी अतिक्रमण र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा आलोचना गरेका छन्।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १० : ५१ बजे

एनपीएल : पहिलो क्वालिफायरमा आज सन्दीप र दीपेन्द्रको भिडन्त, कुन खेलाडीको प्रभाव कति ?

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा लिग चरणका खेलहरु

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार