कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ : महामन्त्री थापा « Khabarhub

कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ : महामन्त्री थापा

प्रधानमन्त्री ओलीलाई पद छाड्न सुझाव 


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अबिलम्ब पद छाड्न आग्रह गरेका छन् ।

सोमबार जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा अबोध युवाहरू अनाहकमा मारिएको घटनाले रातभर सुत्न नसकेको उल्लेख गर्दै उनले परिस्थितिको आँकलन गर्दै पदबाट राजीनामा दिन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्– ‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिङ्गो नेपाल सुत्न सकेको छैन । अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अविलम्ब पद छोड्नुपर्छ।’ 

मङ्गलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत महामन्त्री थापाले अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहन नहुने भन्दै तत्काल सरकारबाट फिर्ता हुनुपर्ने बताएका छन् । उनले पार्टीको बैठकबाट यो निर्णय गराउन आफू लागिपर्ने उल्लेख गरेका छन् ।

उनी लेख्छन्– ‘अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनु हुँदैन, रहन सक्दैन । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ । पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : ०२ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि