झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा « Khabarhub

झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– झापामा जिल्ला प्रशासन कार्यालयले पुनः कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले बिर्तामोड र दमकमा आज बिहान १०ः३० देखि साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । 

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सोमबार साँझ लगाइएको कर्फ्यु आदेश बिहान ५ बजेदेखि हटाइए पनि कर्फ्यु हटेसँगै झापामा बिहानदेखि आन्दोलन चर्किएपछि पुनः कर्फ्यु आदेश जारी गर्नु परेको बताए। 

बिर्तामोडको पूर्वमा बसपार्क छिर्ने मोडसम्म, पश्चिममा रामचोकसम्म, उत्तरमा महानन्दचोकसम्म, दक्षिणमा सैनिकमोडसम्म कर्फ्यु आदेश जारी गरिएको हो । 

उता दमकमा पूर्वमा रतुवा पुल, पश्चिममा दमक उद्योग वाणिज्य सङ्घको कम्प्लेक्स, उत्तरमा हिमालय माध्यमिक विद्यालय र दक्षिणमा इलाका प्रशासन कार्यालयदेखि २०० मिटर दक्षिणसम्म कर्फ्यु आदेश जारी गरिएको हो । 

आदेश जारी गरिएको उक्त चार किल्लाभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस प्रदर्शन गर्न, बैठक र घेराउ गर्न नपाउने कर्फ्यु आदेशमा जनाइएको छ ।

आन्दोलनकारीले बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईको घरमा आगजनीको प्रयास गरेको छ भने बिर्तामोडस्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा आगजनी गरेको छ । योसँगै जिल्ला प्रशासन कार्यालयले कर्फ्युमा आदेश जारी गरेको हो । 

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : ४७ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको