झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा « Khabarhub

झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– झापामा जिल्ला प्रशासन कार्यालयले पुनः कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले बिर्तामोड र दमकमा आज बिहान १०ः३० देखि साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । 

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सोमबार साँझ लगाइएको कर्फ्यु आदेश बिहान ५ बजेदेखि हटाइए पनि कर्फ्यु हटेसँगै झापामा बिहानदेखि आन्दोलन चर्किएपछि पुनः कर्फ्यु आदेश जारी गर्नु परेको बताए। 

बिर्तामोडको पूर्वमा बसपार्क छिर्ने मोडसम्म, पश्चिममा रामचोकसम्म, उत्तरमा महानन्दचोकसम्म, दक्षिणमा सैनिकमोडसम्म कर्फ्यु आदेश जारी गरिएको हो । 

उता दमकमा पूर्वमा रतुवा पुल, पश्चिममा दमक उद्योग वाणिज्य सङ्घको कम्प्लेक्स, उत्तरमा हिमालय माध्यमिक विद्यालय र दक्षिणमा इलाका प्रशासन कार्यालयदेखि २०० मिटर दक्षिणसम्म कर्फ्यु आदेश जारी गरिएको हो । 

आदेश जारी गरिएको उक्त चार किल्लाभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस प्रदर्शन गर्न, बैठक र घेराउ गर्न नपाउने कर्फ्यु आदेशमा जनाइएको छ ।

आन्दोलनकारीले बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईको घरमा आगजनीको प्रयास गरेको छ भने बिर्तामोडस्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा आगजनी गरेको छ । योसँगै जिल्ला प्रशासन कार्यालयले कर्फ्युमा आदेश जारी गरेको हो । 

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : ४७ बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको