जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार « Khabarhub

जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

धनुषा – महोत्तरीको जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार भएका छन् ।

साँझ ७ बजे ५ सयभन्दा बढी संख्यामा आएका प्रदर्शनकारी र भित्रका कैदीले एकै साथ पर्खाल भत्काएपछि स्थिति नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।

‘आन्दोलनकारीको हातमा भाटा र कैदीको हातमा खाना बनाउन ल्याएको चिर्पट हुँदा प्रहरीले केही गर्न सक्ने अवस्था थिएन’, उनले भने ।

अहिले जलेश्वरको अवस्था तनावग्रस्त छ । सुरक्षा निकायको बैठक बसिरहेको छ भने जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ बजेर ४० मिनेटदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : ०६ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको