पूर्वी युक्रेनमा रुसी हवाई आक्रमण : कम्तीमा २० जनाको मृत्यु « Khabarhub

पूर्वी युक्रेनमा रुसी हवाई आक्रमण : कम्तीमा २० जनाको मृत्यु


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा मङ्गलबार भएको रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु भएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत बताएका छन्‌ ।

मस्कोले अझै पूर्ण नियन्त्रण नलिए पनि औद्योगिक क्षेत्रलाई रुसको हिस्सा दाबी गरेको छ । किएभका अनुसार, क्रेमलिनले नयाँ आक्रमणका लागि फ्रन्टलाइनमा करिब एक लाख सेना परिचालन गरिसकेको छ ।

‘डोनेट्स्कको यारोभा गाउँमा पेन्सन वितरण भइरहेको बेला रूसी युद्धविमानबाट प्रत्यक्ष नागरिकमाथि आक्रमण भयो । प्रारम्भिक विवरणअनुसार २० जनाभन्दा बढीको मृत्यु भएको छ’, जेलेन्स्कीले आफ्नो पोस्टमा लेखेका छन्‌ ।

डोनेट्स्कका गभर्नरले २१ जनाको मृत्यु र सोही सङ्ख्यामा घाइते भएको जानकारी दिए । जेलेन्स्कीले घटनास्थलबाट लिइएका भिडियोसमेत सार्वजनिक गरे, जसमा खेलमैदान नजिकै जलेको मिनी–भ्यान, छरिएका लाश, व्यक्तिगत सामान, कागज र जुत्ताहरू देखिन्थे । एएफपीले युक्रेनी अधिकारीहरूले पोस्ट गरेका ती तस्बिरहरू स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन ।

युद्धपूर्व करिब एक हजार नौ सय जनसङ्ख्या रहेको यारोभा अग्रपङ्क्तिबाट करिब आठ किलोमिटर (पाँच माइल) टाढा पर्छ ।

जेलेन्स्कीले अन्तर्राष्ट्रिय समर्थनको आह्वान गर्दै भने, ‘संयुक्त राज्य अमेरिकाबाट प्रतिक्रिया आवश्यक छ । युरोपबाट प्रतिक्रिया आवश्यक छ । जी–२० बाट प्रतिक्रिया आवश्यक छ । रुसले मृत्यु ल्याउने काम रोक्न कठोर कदम चालिनुपर्छ ।’

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ८ : ३५ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम