समीरको ‘कन्फिडेन्ट’ कि ‘ओभर कन्फिडेन्ट’, खुलेयाम भन्छन्- ‘बलिदान’को प्रतिस्पर्धा ‘कांतारा’सँग हो « Khabarhub

समीरको ‘कन्फिडेन्ट’ कि ‘ओभर कन्फिडेन्ट’, खुलेयाम भन्छन्- ‘बलिदान’को प्रतिस्पर्धा ‘कांतारा’सँग हो


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘बलिदान’को अकुपेन्सी अपेक्षित नभएपछि नायक समीर भट्ट अहिले विभिन्न युट्युब च्यानललाई अन्तर्वार्ता दिन व्यस्त छन् ।

समीरले अहिले हरेक दिनजसो अन्तर्वार्ता दिइरहेका छन् । फिल्म प्रदर्शनमाअघि भने उनले मिडियासँग दूरी बनाएका थिए ।

ती अन्तर्वार्तामा उनले आफ्नो फिल्मको अकुपेन्सी कमजोर भएको कारण साइबर आक्रमण भएको दाबी गरेका छन् । कसले र किन आक्रमण गर्‍यो भन्नेबारे उनी बोल्न सकेका छैनन् ।

तर, फिल्मले अपेक्षित व्यापार गर्न नसकेको सत्य हो । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार यो फिल्मको लगानी पाँच करोड हो । यस फिल्मको सुरुवाती ८ दिनको व्यापार चार करोडभन्दा केही माथि मात्रै छ ।

समीर आफ्नो फिल्म व्यापारिक रुपमा कमजोर र समीक्षात्मक रुपमा असफल भएको स्वीकार गर्न चाहिरहेका छैनन् । उनका अभिव्यक्तिहरुले त्यही बुझिन्छ ।

‘बलिदान’लाई अन्य दुई नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’सँगको प्रतिस्पर्धा नै कठिन भइरहेको अवस्था छ ।

यही अवस्थामा समीरको अर्को अभिव्यक्ति चर्चामा आएको छ । उनले ‘बलिदान’को प्रतिस्पर्धा अब विदेशी फिल्म अर्थात् ‘कांतारा’सँग हुने बताएका छन् ।

१०० करोड भारुमा बनेको दाबी गरिएको ‘कांतारा’ले भारतमा सकारात्मक प्रतिक्रियाका साथ व्यापार गरिरहेको छ । भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार यो फिल्मले अहिलेसम्म विश्वभरबाट ४१४ करोड भारु ग्रस कलेक्सन गरेको छ ।

यसरी बक्स अफिसमा बलियो सावित भएको ‘कांतारा’सँग प्रतिस्पर्धा गर्न समीरले ‘कन्फिडेन्ट’ देखाएका हुन् ।

उनले भने, ‘प्रतिस्पर्धा भनेको नै विदेशी फिल्मसँग हो । जनरा पनि मिल्छ । कांतारा उताको ठूलो बजेटको फिल्म हो । बलिदान नेपालको ठूलो बजेटको फिल्म हो ।’

‘बलिदान’को एक्सन दृश्यले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्ने ल्याकत राख्ने समीरको बुझाइ छ । उनले थपे, ‘हामी पनि एक्सन गर्न सक्छौं है भनेर देखाएका छौं । दर्शकले पनि त्यही भन्नुभएको छ । कतिले विदेशी फिल्मभन्दा राम्रो छ है भनेर पनि भन्नु भएको छ ।’

नेपाली फिल्मले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्छ भनेर नायकले अभिव्यक्ति दिनु सकारात्मक पाटो हो ।

तर, घरेलु बजारमै कम अकुपेन्सी पाएको फिल्मले विदेशी हिट फिल्मसँग प्रतिस्पर्धा गर्न सक्छ भनेर अभिव्यक्ति दिनुलाई कसरी लिने होला ?

यो समीरको ‘कन्फिडेन्ट’ हो कि ‘ओभरकन्फिडेन्ट’ होला ?

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १० : ५४ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी