ओली र लेखकविरुद्धको उजुरी फर्काउँदै आयोगले भन्यो : फौजदारी अनुसन्धान प्रहरीबाटै अघि बढाउनू  | Khabarhub Khabarhub

ओली र लेखकविरुद्धको उजुरी फर्काउँदै आयोगले भन्यो : फौजदारी अनुसन्धान प्रहरीबाटै अघि बढाउनू 


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ गते जेन-जीका देशका विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको छानबिनका लागि बनेको जाँचबुझ आयोग २०८२ ले जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाउने निर्णय गरेको छ।

आयोगको बिहीबार सिंहदरबारमा बसेको बैठकले मृतक रसिक खतिवडाका पिता पुरुषोत्तम खतिवडा लगायत चार जनाले दर्ता गरेको जाहेरीबारे छलफल गरी उक्त निर्णय लिएको हो ।

जाहेरीमा प्रदर्शनका क्रममा भएको मृत्यु र क्षतिको विषय मानवता र राज्यविरुद्धको कसुरको रूपमा प्रहरीमा दर्ता भएको उल्लेख छ। 

आयोगका अनुसार त्यो विषय फौजदारी अनुसन्धानको दायरामा पर्ने भएकाले त्यससम्बन्धी अनुसन्धान र कारबाही सरकारका कानूनी संयन्त्रबाटै हुने स्पष्ट गरिएको छ।

आयोगले भनेको छ, ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान र अभियोजन गर्ने काम आयोगको कार्यक्षेत्रमा पर्दैन। यस्ता मुद्दामा अनुसन्धानका लागि आयोगको प्रतिवेदन कुर्नु नपर्ने स्पष्ट व्यवस्था छ।’

आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माद्वारा हस्ताक्षरित पत्रमा प्रदर्शनका क्रममा भएका भौतिक र मानवीय क्षतिको यथार्थ छानबिन गरी त्यसका कारण र सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझाउने जिम्मेवारी पाएको बताइएको छ।

प्रवक्ता शर्माले जाहेरीसहितका सबै कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइएको बताएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ६ : ३० बजे

निकोलश भुसाललाई सुधार केन्द्र पठाउने शर्तमा परिवारको जिम्मा लगाइयो

काठमाडौं – काठमाडौंको माइतीघरमा आज भएको प्रदर्शनमा सहभागी रहेका डा

टी-२० विश्वकप छनोट : नेपाल र जापान सुपर सिक्समा

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट

आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष निर्वाचनसम्बन्धमा जानकारी

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आगामी फागुन २१

मंसिरभित्रै नियमित महाधिवेशन गर्न कांग्रेस बैठकमा दबाब, महेन्द्र र उमाकान्तको फरक मत

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक बिहीबारबाट सुरु भएको छ

पाँच दिनपछि खुल्यो तमोर करिडोर

पाँचथर – गत शनिबारदेखि अवरुद्ध रहेको तमोर कोरिडोर सडक आजदेखि