यस वर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका क्राज्नाहोर्काइलाई | Khabarhub Khabarhub

यस वर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका क्राज्नाहोर्काइलाई


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीबार जनाएको छ । 

क्राज्नाहोर्काइलाई प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने उनका ‘प्रभावशाली र दूरदर्शी रचना’ का लागि पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार समितिले जनाएको छ।

उनको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो सहरमा मध्यमवर्गीय परिवारमा भएको थियो । नोबेल पुरस्कार पाउने उहाँ हङ्गेरीका दोस्रा साहित्यकार हुन् । सन् २००२ मा इम्रे केर्टेस पनि उक्त पुरस्कारबाट सम्मानित भएका थिए।

उनका कैयौँ कृति हङ्गेरियाली भाषामा प्रकाशित छन्। उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका छन् र उनका कृतिहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्वीडिश भाषामा पनि छापिएका छन्।

यस वर्षका लागि हालसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ। अब शान्ति र अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुन बाँकी छ। पुरस्कार आगामी डिसेम्बरमा वितरण हुने छ। 

नोबेल पुरस्कारबाट सम्मानित भएपछि लेखकले स्विडेनी प्रसारक स्भेरिजेस रेडियोसँग भने, ‘म धेरै खुसी र शान्त छु । पुरस्कार पाएको समाचारले मलाई घबराहट महसुस भएको छ।’

उनले भने, ‘नोबेल पुरस्कार विजेताका रूपमा यो मेरो पहिलो दिन हो ।’

पुरस्कार समितिले १९८५ मा प्रकाशित क्रास्ज्नाहोर्काईको पहिलो उपन्यास, ‘सटाटान्गो’ ले उनलाई हङ्गेरीमा प्रख्यात बनाएको र यो त्यहाँ उनको सबैभन्दा प्रसिद्ध कृति बनेको जनाएको छ। 

नोबेल एकेडेमीले उक्त कृतिलाई ‘साहित्यिक सनसनी’ भनेको छ।

एकेडेमीले भनेको छ, ‘क्रास्ज्नाहोर्काई काफ्कादेखि थोमस बर्नहार्डसम्म फैलिएको मध्य युरोपेली परम्परामा एक महान महाकाव्य लेखक हुन्। उनको सिर्जनामा बेतुकवाद र विचित्र ज्यादतीको विशेषता पाइन्छ। 
 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ७ : ४९ बजे

प्रधानमन्त्री सुशीला कार्कीको भिडियो सन्देश: शहीदहरूको बलिदान खेर जान दिदैनौं

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले युवाको आवाज र भावना विगतका

निकोलश भुसाललाई सुधार केन्द्र पठाउने शर्तमा परिवारको जिम्मा लगाइयो

काठमाडौं – काठमाडौंको माइतीघरमा आज भएको प्रदर्शनमा सहभागी रहेका डा

टी-२० विश्वकप छनोट : नेपाल र जापान सुपर सिक्समा, कुवेत बाहिरियो

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट

आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष निर्वाचनसम्बन्धमा जानकारी

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आगामी फागुन २१

मंसिरभित्रै नियमित महाधिवेशन गर्न कांग्रेस बैठकमा दबाब, महेन्द्र र उमाकान्तको फरक मत

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक बिहीबारबाट सुरु भएको छ