टी-२० विश्वकप छनोट : नेपाल र जापान सुपर सिक्समा, कुवेत बाहिरियो « Khabarhub

टी-२० विश्वकप छनोट : नेपाल र जापान सुपर सिक्समा, कुवेत बाहिरियो


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगितामा नेपाल र जापान ‘सुपर सिक्स’मा प्रवेश गरेका छन्। बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोलीले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन्।

नेपालसँग पहिले नै हार भोगिसकेको कुवेतले जापानविरुद्धको पराजयसँगै समूह चरणमै यात्रा टुंग्याएको छ। अब समूह ‘बी’को अन्तिम खेलमा शुक्रबार नेपाल र जापान आमनेसामने हुनेछन्, जसले ‘सुपर सिक्स’मा अतिरिक्त अंक लिएर जानेछ।

बिहीबार जापानले कुवेतविरुद्ध १७८ रनको लक्ष्य सजिलै पुरा गर्दै १९ ओभर ३ बलमै जित दर्ता गर्‍यो। जापानका इसाम रहमानले ३९ बलमा ६ चौका र ३ छक्कासहित ६४ रनको शानदार इनिङ खेले। सबारिश रविचन्द्रनले ३९, कप्तान केन्डल काडोवाकी फ्लेमिङले २८ र इब्राहिम ताकाहाशीले २६ रनको योगदान दिए।

कप्तान फ्लेमिङको आक्रामक सुरुवातपछि मिडल ओभरमा रहमानले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  १० : २३ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु