इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा उल्भ्सलाई ३–० गोलले हराउँदै चेल्सी विजयी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो ।

चेल्सीका मालो गुस्तो, पेड्रो नेतो र जोआओ पेड्रोले गोल गरेका थिए । गुस्तोले खेलको ५१औँ मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६५औँ मिनेटमा नेतोले अग्रतालाई दोब्बर बनाएको खेलमा ७३औँ मिनेटमा जोआओले गोल गर्दै चेल्सीलाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै ११ खेलबाट २० अंक जोडेको चेल्सी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको उल्भ्स २ अंकसहित पुछारमा छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ८ : १७ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्