एमालेको पालिका स्तरीय जनपरिचालन प्रभावकारी बनाउन महासचिव पोखरेलको निर्देशन « Khabarhub

एमालेको पालिका स्तरीय जनपरिचालन प्रभावकारी बनाउन महासचिव पोखरेलको निर्देशन


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी पालिका स्तरीय जनपरिचालन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले आयोजना गरेको पालिका स्तरीय जनपरिचालन कार्यक्रमलाई सफल बनाउन पोखरेलले पाँच बुँदे निर्देशन जारी गरेका हुन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् कार्यकर्तालाई जनपरिचालनमा सहभागी हुने संख्याका आधारमा आवश्यकता आधारमा पार्टीको झण्डा, ब्यानर र प्लेकार्ड तयार भनेका छन्।

यसैगरी जनपरिचलनका लागि घना बस्ती भएको क्षेत्र छनौट गर्न सुझाएका पोखरेलले जनप्रर्दशनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा गर्न सुझाव दिएका छन् ।

जनप्रदर्शनका क्रममा भिडियो÷फोटोहरु सामाजिक सञ्जालमा ब्यापक मात्रामा शेयर गर्न र त्यस्ता सामग्रीहरु आम सञ्चार माध्यममा पठाउनसमेत निर्देशन दिएका छन्।

एमालेको गत असोजक २९ देखि ३१ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । जस अनुसार हिजो कातिक २२ गते सबै वडामा एमालेले भेला सम्पन्न गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ३८ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद