एन्फा लिग : काँक्रेविहार र जनजागृतिले बराबरी खेल्दा, टाइगर्सविरुद्ध हैरान्सको पाँच गोल « Khabarhub

एन्फा लिग : काँक्रेविहार र जनजागृतिले बराबरी खेल्दा, टाइगर्सविरुद्ध हैरान्सको पाँच गोल


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एन्फा प्रेसिडेन्ट लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा काँक्रेविहार युथ क्लब र नव जनजागृति युवा क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।
्
काँक्रेविहारका लागि आशिष चापागाईं र नव जन जागृतिका लागि सुजन न्यौपानेले गोल गरेका हुन्। काँक्रेविहार सरिन जिसी खेलको म्यान अफ द म्याच बने ।

अर्को खेलमा हैरान्सले टाइगर्स टिमलाई ५–२ ले हरायो । हैरान्सका लागि रोहन डोङल तीन गोल गरे । समिराज थोकर र विश्व लामाले थप दुई गोल गरेका हुन् । टाइगर्सका विशेष लामाले दुई गोल फर्काए । खेलमा रोहन प्लयेर अफ द म्याच बने ।

२ मङ्सिरसम्म हेटौंडामा हुने लिगमा १० टोलीको सहभागिता छ । प्रतियोगितामा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब सहभागी छन्।

लिग कम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले १० र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको प्रतियोसिगताका दुवै समूहका शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ४९ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्