एन्फा लिग : काँक्रेविहार र जनजागृतिले बराबरी खेल्दा, टाइगर्सविरुद्ध हैरान्सको पाँच गोल « Khabarhub

एन्फा लिग : काँक्रेविहार र जनजागृतिले बराबरी खेल्दा, टाइगर्सविरुद्ध हैरान्सको पाँच गोल


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एन्फा प्रेसिडेन्ट लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा काँक्रेविहार युथ क्लब र नव जनजागृति युवा क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।
्
काँक्रेविहारका लागि आशिष चापागाईं र नव जन जागृतिका लागि सुजन न्यौपानेले गोल गरेका हुन्। काँक्रेविहार सरिन जिसी खेलको म्यान अफ द म्याच बने ।

अर्को खेलमा हैरान्सले टाइगर्स टिमलाई ५–२ ले हरायो । हैरान्सका लागि रोहन डोङल तीन गोल गरे । समिराज थोकर र विश्व लामाले थप दुई गोल गरेका हुन् । टाइगर्सका विशेष लामाले दुई गोल फर्काए । खेलमा रोहन प्लयेर अफ द म्याच बने ।

२ मङ्सिरसम्म हेटौंडामा हुने लिगमा १० टोलीको सहभागिता छ । प्रतियोगितामा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब सहभागी छन्।

लिग कम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले १० र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको प्रतियोसिगताका दुवै समूहका शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ४९ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि