मन्त्रालयले गरिरहेका सबै काम भन्न मिल्दैन : गृहमन्त्री अर्याल « Khabarhub

मन्त्रालयले गरिरहेका सबै काम भन्न मिल्दैन : गृहमन्त्री अर्याल


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गृहमन्त्रालय संवेदनशील मन्त्रालय भएकाले यहाँबाट भइरहेका कतिपय कार्यबारे भन्न नमिल्ने बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ ।’

गृहमन्त्री अर्यालले आफ्नो शुद्ध चित्तले कर्म  गरिरहने बाहेक आफूहरूसँग अर्को विकल्प नभएको समेत बताएका छन् । उनले कार्यकालको अन्त्यसम्म धैर्य गरिदिन आग्रह समेत गरेका छन् । 

उनले लेखेका छन्– आफ्नो शुद्ध चित्तले कर्म  गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ ।’

उनले पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्‍याउने वर्तमान सरकारको अभिभारालाई पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : २४ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक