साउदी प्रो लिग : अल नासरको लगातार आठौं जितमा रोनाल्डोको कीर्तिमान « Khabarhub

साउदी प्रो लिग : अल नासरको लगातार आठौं जितमा रोनाल्डोको कीर्तिमान


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदी प्रो लिगमा अल नासरले लगातार आठौं जित दर्ता गरेको छ। शनिबार निओम एससीलाई ३–१ गोल अन्तरले हराउँदै अल नासरले शानदार जित निकालेको हो। यो जितसँगै अल नासर २४ अंकसहित शीर्ष स्थानमा कायम छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अल नासरले आक्रामक खेल प्रदर्शन गर्यो। खेलको ४८ औं मिनेटमा रोनाल्डोको फ्रि किकमा एन्जेलोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका हुन्। नासरले ६५ औं मिनेटमा पाएको पेनाल्टीको फाइदा उठाउँदै रोनाल्डोले टिमका लागि दोस्रो गोल गरे।

खेलको ८४ औं मिनेटमा अहमद अब्दोले गोल गर्दै निओमलाई कमब्याकको अवसर दिए। तर खेलको ८६ औं मिनेटमा नासरका लागि जोआओ फेलिक्सले गोल गर्दै ३–१ को स्पष्ट जित दिलाएका हुन्।

यो जितसँगै रोनासल्डोले साउदी प्रो लिगमा सयौं गोलको रेकर्ड बनाएका छन्। उनले ८५ खेलमा ८३ गोल गर्दा १७ असिस्ट गरेका हुन्। यो उपलब्धि अल नासरका लागि कुनै खेलाडी हात पारेका छैनन्।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : २९ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्