जेन-जी आन्दोलनपछि बदलिएका काठमाडौंका पर्खाल र भित्ताहरू (फोटो फिचर) « Khabarhub

जेन-जी आन्दोलनपछि बदलिएका काठमाडौंका पर्खाल र भित्ताहरू (फोटो फिचर)


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते देशव्यापी रुपमा नयाँ पुस्ता अर्थात् जेन-जी आन्दोलन भयो । केपी शर्मा ओली नेतृत्वको सरकार दुई दिनमै ढाल्न पुग्यो र यही आन्दोलनको क्रममा करिब ७६ जना भन्दा बढीले आफ्नो ज्यान गुमाउन पर्यो ।

आन्दोलनका क्रममा देशको महत्वपूर्ण संरचना तोडफोडसँगै आगजनी गरियो र देश नै राज्यविहीन जस्तै भयो । सो आन्दोलनले काठमाडौंका धेरै स्थानहरूको स्वरूप परिवर्तन गरिदिएको छ ।

आन्दोलनको प्रभावले शहरका सडक, भवन र सार्वजनिक स्थलहरू मात्र होइन, भित्ताहरू र पर्खालहरूमा समेत नयाँ सन्देश सहित राजनीतिक दलका नेताहरूप्रति आक्रोश पोखिएको देखिन्छ ।

आन्दोलनपछि काठमाडौंका मुख्य सडक पेटीहरू, सरकारी भवनहरूको बाहिरी पर्खालदेखि लिएर विभिन्न सार्वजनिक स्थानका भित्तासम्ममा आन्दोलनका नारा, भित्तेचित्र र सन्देशहरूले स्थान ओगटेका देखिन्छ ।

कतिपय ठाउँमा राजनीतिक नेताहरूविरुद्ध आक्रोश व्यक्त गर्ने शब्दहरू देखिन्छन् भने कतै आन्दोलनका शहीदप्रति सम्मान व्यक्त गर्दै नयाँ नेपाल निर्माणको सन्देशसमेत चित्रित गरिएको छ ।

आन्दोलनका ती दिनहरूमा लेखिएका केही अश्लील नाराहरू अझै पनि मेटिएका छैनन् । तर, सडक विभाग र रत्नपार्क आसपासका भित्ताहरूमा अहिले शहीदप्रतिको श्रद्धा र परिवर्तनको आकाङ्क्षा झल्काउने नयाँ चित्रहरू देख्न सकिन्छ ।


तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : ४७ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको