कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नगर्ने मूल प्रश्न हो : विश्वप्रकाश शर्मा « Khabarhub

कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नगर्ने मूल प्रश्न हो : विश्वप्रकाश शर्मा


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने अहिलेको मूल प्रश्न रहेको बताएका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विशेष महाधिवेशनको मागलाई विशेष महाधिवेशनको आयोजनाले वा त्यही समयावधिभित्र नियमित महाधिवेशनले मात्रै सम्बोधन गर्न सक्ने उल्लेख गरेका छन् ।

उनले यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढङ्गले बुझ्न जरुरी रहेको समेत बताएका छन् ।

महामन्त्री शर्माले नियमित महाधिवेशन पुस, माघ, वैशाखमा वा त्यो भन्दा अघिपछि गर्न कांग्रेसको विधानले वाधा नगर्ने भए पनि विशेष महाधिवेशन हस्ताक्षर बुझाएको ९० दिनभित्र अनिवार्य सम्पन्न गर्नुपर्ने पार्टी विधानको निर्देशन रहेको उल्लेख गरे ।

उनले कांग्रेसले कांग्रेसको जीवनका लागि भन्दा पनि देशका लागि गर्नुपर्ने थुप्रै काम रहेकाले त्यसप्रति गम्भीर हुनु जरुरी रहेको बताएका छन् ।

शर्माले केन्द्रीय समिति बैठक जारी रहेकाले केही दिनभित्रै एकता र परिपक्वताका साथ निर्णयमा पुगिने समेत स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ११ : ५२ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक