हङकङ इन्टरनेशनल सिक्सेस : नेपाल युएईसँग पराजित « Khabarhub

हङकङ इन्टरनेशनल सिक्सेस : नेपाल युएईसँग पराजित


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । 

युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका लागि मोहमद आदिल आलमले ३२ र  सन्दीप जोराले अविजित ३१ रन जोडे ।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै एक सय २९ रनको योगफल बनाएको थियो । उसका लागि निलाश केसवानीले सर्वाधिक ७३ रन र जाहिद अलीले ३० रन जोडे ।

नेपालका लागि राशिद खानले दुई विकेट लिए भने रुपेश सिंहले एक विकेट लिए । यो हारसँगै जारी प्रतियोगितमा नेपालको यात्रा समाप्त भएको छ । 

विभिन्न १२ टोली सहभागी यस प्रतियोगितामा नेपालले भारतलाई मात्र पराजित गर्न सक्यो । त्यसबाहेक सबै खेलमा नेपाल पराजित भयो । नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका र श्रील्कासँग नेपाल पराजित भएको थियो । 

अन्तरराष्ट्रिय खेलबाट शरद भेषवाकरको सन्यास घोषणा 

नेपाली टोलीका सदस्य शरद भेषवाकरले अन्तरराष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका छन् । हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताका लागि कप्तानका रुपमा हङकङ पुगेका भेषवाकरले सोही प्रतियोगिताबाट सन्यास लिने यसअघि नै जानकारी दिएका थिए । 

भेषवाकरले दुई दशकभन्दा लामो समय नेपालका लागि अन्तरराष्ट्रिय क्रिकेट खेलमा उमेर समूह हुँदै राष्ट्रिय टोलीको सदस्यको रुपमा क्रिकेट खेलेका थिए ।

उनले सन् २००४ मा युएई विरुद्धको खेलबाट नै सिनियर राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । त्यसअघि उनले सन् २००२ मा नेपाली यु–१५ राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । 

नेपालले पहिलो पटक सन् सन् २०१४ मा विश्वकप क्रिकेट खेल्दा उनी महत्त्वपूर्ण सदस्य रहेका थिए । त्यस्तै सन् २०१८मा नेपालले एक दिवसीय मान्यता पाउँदा पनि उनी टोलीमा थिए । रासस

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ११ : ५४ बजे

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि