हङकङ इन्टरनेशनल सिक्सेस : नेपाल युएईसँग पराजित « Khabarhub

हङकङ इन्टरनेशनल सिक्सेस : नेपाल युएईसँग पराजित


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । 

युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका लागि मोहमद आदिल आलमले ३२ र  सन्दीप जोराले अविजित ३१ रन जोडे ।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै एक सय २९ रनको योगफल बनाएको थियो । उसका लागि निलाश केसवानीले सर्वाधिक ७३ रन र जाहिद अलीले ३० रन जोडे ।

नेपालका लागि राशिद खानले दुई विकेट लिए भने रुपेश सिंहले एक विकेट लिए । यो हारसँगै जारी प्रतियोगितमा नेपालको यात्रा समाप्त भएको छ । 

विभिन्न १२ टोली सहभागी यस प्रतियोगितामा नेपालले भारतलाई मात्र पराजित गर्न सक्यो । त्यसबाहेक सबै खेलमा नेपाल पराजित भयो । नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका र श्रील्कासँग नेपाल पराजित भएको थियो । 

अन्तरराष्ट्रिय खेलबाट शरद भेषवाकरको सन्यास घोषणा 

नेपाली टोलीका सदस्य शरद भेषवाकरले अन्तरराष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका छन् । हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताका लागि कप्तानका रुपमा हङकङ पुगेका भेषवाकरले सोही प्रतियोगिताबाट सन्यास लिने यसअघि नै जानकारी दिएका थिए । 

भेषवाकरले दुई दशकभन्दा लामो समय नेपालका लागि अन्तरराष्ट्रिय क्रिकेट खेलमा उमेर समूह हुँदै राष्ट्रिय टोलीको सदस्यको रुपमा क्रिकेट खेलेका थिए ।

उनले सन् २००४ मा युएई विरुद्धको खेलबाट नै सिनियर राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । त्यसअघि उनले सन् २००२ मा नेपाली यु–१५ राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । 

नेपालले पहिलो पटक सन् सन् २०१४ मा विश्वकप क्रिकेट खेल्दा उनी महत्त्वपूर्ण सदस्य रहेका थिए । त्यस्तै सन् २०१८मा नेपालले एक दिवसीय मान्यता पाउँदा पनि उनी टोलीमा थिए । रासस

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ११ : ५४ बजे

कोजाग्रत पूर्णिमासँगै दसैँको टीका थाप्ने क्रम अन्तिम चरणमा, उपत्यकामा चहलपहल बढ्यो

काठमाडौँ– आश्विन शुक्ल चतुर्दशी र कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार काठमाडौं

ब्रेक्जिटपछि ईयूसँग सम्बन्ध सुधार्ने विकल्प खोज्दै बेलायत

लन्डन – बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बेलायत र युरोपेली सङ्घ

बैतडीमा भूकम्पको धक्का

बैतडी– बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित