विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण « Khabarhub

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमौली– व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । सामाजिक अभियानकर्मी सुदीप गफ्फारको नेतृत्वमा विपन्न चेपाङ समुदायलाई शनिबार न्यानो कपडा वितरण गरिएको हो । 

गफ्फारले सञ्चालन गरेको कपडा बैंकमार्फत यहाँका ४२ घरपरिवारका चेपाङ समुदायलाई २५ हजार रुपैयाँ बराबरको कपडा सहयोग गरिएको छ । न्यानो कपडा अभियानअन्तर्गत तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट नयाँ कपडा र शुभेच्छुकबाट प्राप्त लगाउन योग्य कपडा मिलाएर विपन्न समुदायलाई कपडा सहयोग गरिएको उनले बताए । 

उनले भने, ‘अन्य ठाउँका अतिआवश्यकता भएका समुदायलाई कपडा बैंकमार्फत न्यानो कपडा सहयोग गर्नेछौँ ।’ यहाँका बालबालिकालाई शैक्षिक सामग्री र महिलाका लागि सेनेटरी प्याड उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गरे । 

व्यास–११ का वडा सदस्य गोकुल दुराले भौगोलिक हिसाबले विकट र अल्पसङ्ख्यक चेपाङ समुदायका लागि गरिएको सहयोग सराहनीय रहेको उल्लेख गरे । उनले भने, ‘चिसो मौसममा चेपाङ समुदायलाई सहयोगको आवश्यकता रहेको महसुस गरेर गफ्फारले जुन सहयोग गर्नुभएको छ, यो निकै सराहनीय छ ।’

राम्चे ओडोरे टोल विकास संस्थाका अध्यक्ष रत्नबहादुर चेपाङले राज्यको नजरबाट पछाडि परेको चेपाङ समुदायलाई जाडोको मौसममा न्यानो कपडा सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे । उनले भने, ‘चेपाङ समुदायमा निकै दुःख छ, गाह्रो छ, सरकारको नजर पनि चेपाङ समुदायलाई कम पर्छ ।’

स्थानीय चण्डिका आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले सामाजिक अभियानकर्मी सुदीप गफ्फारले समाजलाई सकारात्मक सन्देश दिने किसिमका कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे । 

सदरमुकाम दमौलीबाट करिब १२ किलोमिटर दूरीमा अवस्थित चेपाङ बस्तीमा ४२ घरधुरी चेपाङ समुदाय बसोबास गर्दै आएका छन् । आर्थिक रूपमा विपन्न चेपाङ समुदायलाई सहयोगको खाँचो रहेको चेपाङ सङ्घका अध्यक्ष रामबहादुर चेपाङले बताए । रासस

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १२ : २२ बजे

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६