सडकको कालोपत्र र ढलान सुरु « Khabarhub

सडकको कालोपत्र र ढलान सुरु


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढलान गर्न थालेको छ । उक्त सडक कात्तिक भित्रै सम्पन्न गर्ने गरी कालोपत्र र ढलानको काम एक साथ सुरु गरिएको छ । 

साना तथा टुक्रे सडक जीर्ण भएपछि कुरुप बन्दै गएको बागलुङ बजारका भित्री सडक कालोपत्र गर्न थालिएको हो ।नगरपालिका–४ उपल्लाचौरको आर्मी ब्यारेकदेखि रेड एप्पल होटलसम्मको सडक कालोपत्र गर्न थालेको छ भने वडा नं ६ स्थित चसेपानीमा सडक ढलान गरिरहेको छ । 

यस्तै, नगरपालिकाले बागलुङ बजारको हल्लनचोकदेखि बुद्धविहार चोकसम्मको सडक कालोपत्र, ट्राफिक कार्यालयदेखि  नगरपालिकाको कार्यालयसम्मको सडक कालोपत्र र देउरालीचोकसम्मको सडक ढलान गर्ने तयारी थालिएको छ । 

यस्तै, नगरपालिकाले बागलुङ बजारका सबै खाल्डाखुल्डी पुर्नका लागि सडक कालोपत्र गर्ने कामसँगै अघि बढाएको नगरपालिकाका इञ्जिनियर सोविन घर्तीले जानकारी दिए । 

नगरपालिकाले रु एक करोड आठ लाख लागतमा ठेक्का सम्झौता गरी बजार क्षेत्रका खाल्डाखुल्डी मर्मत गर्ने र पाँच वटा साना सडक छुट्टाछुट्टै सडक कालोपत्र तथा ढलान गर्न थालेको हो । विसं २०८२ वैशाखमा लीला निर्माण सेवासँग नगरपालिकाले यही कात्तिक मसान्तभित्र कालोपत्र र ढलान सक्नेगरी सम्झौता गरिएको थियो । 

असारअघि नै कालोपत्रको तयारी थाले पनि वर्षाका कारण रोकिएको थियो । कालोपत्र उप्किएर बागलुङ बजारका विभिन्न सडकमा खाल्डाखुल्डी परेकाले यही ठेक्कामार्फत खाल्डाखुल्डीमा कालोपत्र गर्ने कार्य गरिनेछ । 

नगरपालिकाले बजार क्षेत्रमा बर्सेनि रु एक करोड माथिको लागतमा सडक मर्मत तथा खाल्डाखुल्डी पुर्दै आएको भए पनि नाली साँघुरो हुँदा बर्खामा सडक बिग्रने गरेको छ । नगरपालिकाले बागलुङ बजारमा आउने भल निकासीका लागि रातमाटादेखि नै यही वर्षमा काम गर्ने नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए  ।  रासस

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १ : २० बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन