कांग्रेसको नजरमा आलम : लोकतन्त्रका लागि लडे, पटक पटक जेल जीवन बिताए | Khabarhub Khabarhub

कांग्रेसको नजरमा आलम : लोकतन्त्रका लागि लडे, पटक पटक जेल जीवन बिताए


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा रौतहटका पूर्वजिल्ला सभापति मोहम्मद अफताव आलमले लोकतन्त्रका लागि ठूलो योगदान दिएको जनाएको छ ।

शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले आलमको निधनलाई पार्टीका लागि ठूलो क्षति भएको उल्लेख गरेको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको एक वक्तव्यमा नेपाली लोकतन्त्रका लागि आलम गरेका योगदानको चर्चा गरिएको छ।

‘वि.सं. २०१९ असार ५ गते रौतहटको राजपुर फरहदवामा जन्मिएका आलमले वि.सं. २०३६ सालमा नेपाल विद्यार्थी संघमार्फत् राजनीतिक यात्रा सुरु गरेका थिए’, कांग्रेसले भनेको छ, ‘उनले पटक–पटक मन्त्रीको जिम्मेवारी सम्हाल्नुका साथै रौतहट क्षेत्र नम्बर २ बाट २०५३ को उपनिर्वाचन, २०५६ र २०६४ को आमनिर्वाचन तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए।’

पौडेलका अनुसार वि.सं. २०६७ सम्पन्न पार्टीको बाह्रौँ महाधिवेशनमा आलम कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। आलमले लोकतन्त्र स्थापनाका लागि महत्‍त्वपूर्ण योगदान दिएको दाबी पनि कांग्रेसले गरेको छ ।

‘लोकतन्त्र स्थापनादेखि पुनर्स्थापनासम्मका आन्दोलनमा सक्रिय रहँदै उनले पटक–पटक जेल जीवन व्यतीत गरेका थिए’, पौडेल भन्छन्, ‘कांग्रेसले आलमको निधनबाट एक अनुभवी र समर्पित नेताको निधन भएको ठहर गरेको छ।’

हत्याकाण्डको गम्भीर आरोपमा जेल

शनिबार निधन भएका पूर्वसांसद आलममाथि गम्भीर अपराधको मुद्दा थियो । उच्च अदालतले रिहा गरे पनि उनीविरुद्धको मुद्दा निरुपण भइसकेको छैन ।

मुटुमा समस्या देखिएपछि आलम अस्पताल भर्ना भएर उपचाररत थिए । उनी गत जेठमा नख्खु कारागारबाट छुटे पनि साधारण जीवन बिताउन पाएनन् । जेलबाट छुटेलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो।

त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। २०६४ सालको संविधान निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप आलममाथि थियो।

उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। तर उच्च अदालत वीरगञ्जले उनलाई रिहा गर्ने आदेश दिएको थियो । उक्त आदेश दिने न्यायाधीश पनि विवादित भएर सर्वोच्चले तानेको थियो ।

आलमको सम्मानमा कांग्रेसको निर्णय

कात्तिक २२, २३ र २४ गते तीन दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने।

कात्तिक २३ गते सबै कार्यालय बन्द गरिने।

स्वर्गारोहणको १३ दिनसम्म शोक पुस्तिका राखिने।

रौतहटमा शोकसभा आयोजना गरिने।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  २ : २६ बजे

ओलीको प्रश्न : सिंहदरबार जलाएर के उपलब्धि भयो ? धान फल्यो ?

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाकाका

दमौलीमा हुलाकको प्रभावकारिता कायमै

दमौली- जिल्ला हुलाक कार्यालय तनहुँले चालु आर्थिक वर्षको तीन महिनाको

जेन-जी आन्दोलनमा सुन्धारा कारागारबाट फरार जाम्बियाकी कैदी दुई महिनापछि पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनको मौका पारेर गत भदौ २४ गते केन्द्रीय

ओलीले आफूसँग तुलना गरेका दार्शनिक सुकरात कस्ता थिए ? 

शुक्रबार नेकपा एमालेको शिक्षा तथा मानव स्रोत विभागले अध्यक्ष केपी