सुकुम्बासी बस्ती उठाउने बालेनको निर्णयविरुद्ध जेन-जीको समूह, समस्या नबुझी डोजर नचलाउन चेतावनी « Khabarhub

सुकुम्बासी बस्ती उठाउने बालेनको निर्णयविरुद्ध जेन-जीको समूह, समस्या नबुझी डोजर नचलाउन चेतावनी


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको बागमती र मनोहरा किनारसहितका सुकुम्बासी बस्ती उठाउने मेयर बालेन्द्र साहको योजनाविरुद्ध जेन-जीहरूको एउटा समूहले मोर्चाबन्दी गरेको छ।

रक्षा बम नेतृत्वको जेन-जी मुभमेन्ट अलायन्सले काठमाडौं महानगरपालिकाले पर्याप्त अध्ययन र विकल्पबिना अव्यवस्थित बस्तीहरूमा डोजर चलाउने तयारी गरेको खबरप्रति गम्भीर आपत्ति जनाएको छ।

आइतबार जारी विज्ञप्तिमा गठबन्धनले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि निरन्तर दमन र बेवास्ता गरिएको भन्दै देशभित्रै आप्रवासीझैँ व्यवहार गरेर बास खोस्ने कार्य अस्वीकार्य हुने जनाएको छ।

‘नेपालका नागरिककै ठूलो हिस्सा आफ्नै देशमा भूमिहिन र बिस्थापित बन्नु राज्यको ऐतिहासिक अन्याय र सामाजिक असंवेदनशीलताको परिणाम हो’, उसले भनेको छ, ‘यस्तो अवस्थाको जड बुझ्ने प्रयास नगरी डोजर लगाउने तयारी हुनु अत्यन्त खेदजनक छ।’

गठबन्धनले भूमि अधिकारलाई जनताको पहिचान, आवास र उत्पादनसँग जोडिएको नैसर्गिक अधिकारको रूपमा परिभाषित गर्दै भूमिहिन र सुकुम्बासी समुदायको समस्या समाधान गर्न राज्यले ठोस कदम चाल्नुपर्नेमा जोड दिएको छ।

‘नेपालमा दशकौंयता सिमित वर्ग र माफियाको नियन्त्रणमा भूमि व्यवस्था रहँदै आएको छ। भूमि आयोगहरू बनाइए पनि दलियकरण र स्वार्थी चलखेलका कारण समस्या समाधान हुन सकेको छैन’, यो समूहले थप भनेको छ।

जेन-जी मुभमेन्ट अलायन्सले काठमाडौं महानगरपालिकालाई सम्बन्धित समुदायसँग सहमति लिएर मात्र उचित व्यवस्थापन गर्न आग्रह गरेको छ। साथै साझा सहरको अवधारणालाई आत्मसात गर्दै निहत्था र उत्पीडितमाथि दम्भ र तिरस्कारको व्यवहार नगर्न चेतावनी पनि दिएको छ।

गठबन्धनले बस्तीको वास्तविक अवस्था र तथ्यांक सार्वजनिक गर्न पनि महानगरसँग आग्रह गर्दै भनेको छ, ‘यदि महानगरले अध्ययन गरेको छ भने त्यसको यथार्थ विवरण र तथ्यांक सार्वजनिक गर्नुपर्छ, ताकि नक्कली र सक्कली सुकुम्बासीको नाममा भ्रम नफैलियोस्।’

यसअघि आइतबार नै मनोहराको सुकुम्बासी बस्तीमा पुगेर दुर्गा प्रसाईंले हटाउन काठमाडौं महानगरको टोली आएमा प्रतिकारमा उत्रिन भनिसकेका छन् । उनले परिआउँदा आफू साथ दिन तयार रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  २ : ३८ बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण