मनाङमा हिउँले पुरिएको अवस्थामा भेटियो दुई भारतीयको शव « Khabarhub

मनाङमा हिउँले पुरिएको अवस्थामा भेटियो दुई भारतीयको शव


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षिया प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले फेला पारेको छ  ।

आइतबार दिउँसो करिब २ बजे मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनी हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए ।  

उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटलले  खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।

सशस्त्रका डीएसपी शैलेन्द्र थापाका अनुसार सम्पर्कविहीन भएका उनीहरूको तालिम शिक्षालय मनाङले खोजी गरिरहेको थियो ।

तर नभेटिएपछि पुनः कार्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हिरा बहादुर जिसीको कमाण्डमा उद्धार सामाग्रीसहित खटिएको माउण्टेन रेस्क्यु टालीले शव उक्त गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएका दुवै शव फेला पारेको हो ।

अहिले ती दुवै शलाई घटनास्थलबाट तल झार्ने काम भइरहेको सह-प्रवक्ता थापाले जानकारी दिए ।

भडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ३ : १८ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको