मनाङमा हिउँले पुरिएको अवस्थामा भेटियो दुई भारतीयको शव « Khabarhub

मनाङमा हिउँले पुरिएको अवस्थामा भेटियो दुई भारतीयको शव


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षिया प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले फेला पारेको छ  ।

आइतबार दिउँसो करिब २ बजे मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनी हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए ।  

उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटलले  खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।

सशस्त्रका डीएसपी शैलेन्द्र थापाका अनुसार सम्पर्कविहीन भएका उनीहरूको तालिम शिक्षालय मनाङले खोजी गरिरहेको थियो ।

तर नभेटिएपछि पुनः कार्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हिरा बहादुर जिसीको कमाण्डमा उद्धार सामाग्रीसहित खटिएको माउण्टेन रेस्क्यु टालीले शव उक्त गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएका दुवै शव फेला पारेको हो ।

अहिले ती दुवै शलाई घटनास्थलबाट तल झार्ने काम भइरहेको सह-प्रवक्ता थापाले जानकारी दिए ।

भडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ३ : १८ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद