शिक्षक र प्राध्यापकका संगठन अमान्य घोषित, राजनीतिक गतिविधिमा भाग लिए कारबाही गरिने « Khabarhub

शिक्षक र प्राध्यापकका संगठन अमान्य घोषित, राजनीतिक गतिविधिमा भाग लिए कारबाही गरिने


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र विश्वविद्यालयका कर्मचारीहरूलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिएका छन्।

मन्त्रालयबाट आइतबार जारी सूचनामा उनले हाल शिक्षक महासंघ, प्राध्यापक संघ लगायतका संगठनहरूले पेशागत दायित्व र आचरणविपरीत राजनीतिक गतिविधि बढाएको गुनासो आएको भन्दै मन्त्री पुनले यस्तो गतिविधिले शैक्षिक गुणस्तर खस्किँदै गएको उल्लेख गरेका छन् ।

‘सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीको कर्तव्य, नैतिक दायित्व र आचरण सम्बन्धी कानुन स्पष्ट छन्’, उनले भनेका छन्, ‘कुनै पनि पेशागत ऐनले तिनलाई सौदाबाजीबाहेक अन्य राजनीतिक क्रियाकलापमा संलग्न हुने अधिकार दिएको छैन। यस्ता गतिविधि पाएमा कानूनी कारवाहीका लागि बर्खास्तगीसम्मको व्यवस्था छ।’

मन्त्री पुनले विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक र कर्मचारी संघलाई मन्त्रालयले अब मान्यता नदिने निर्णय गरेको जानकारी पनि दिएका छन्।

मन्त्रालयले शिक्षक र कर्मचारीको पेशागत हकहित तथा संविधानप्रदत्त अधिकारको सम्मान गर्ने भए पनि ती संगठनहरूलाई गैरराजनीतिक, स्वतन्त्र र व्यावसायिक स्वरूपमा पुनर्गठन गर्न पनि उनले आग्रह गरेका छन् ।

पुनले शिक्षा क्षेत्र शान्ति क्षेत्रको रूपमा स्थापित रहेको उल्लेख गर्दै भनेका छन्, ‘विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीत गतिविधि भए प्रचलित कानुनबमोजिम कडा कारवाही गरिनेछ।’

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ३ : २७ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको