खोरत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु « Khabarhub

खोरत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने कार्यक्रमअन्तर्गत गाईभैँसी तथा चौपायालाई निःशुल्क खोप लगाउने अभियान  विराटनगरबाट सुरु भएको छ ।  

विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा ‘खोरेत रोगमुक्त कोशी प्रदेश अभियान’ आजदेखि सुरु भएको हो ।

विराटनगर महानगरपालिकाको वडा नं १९ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षतामा एक कार्यक्रमका साथ सुरु भएको सो अभियान सफल बनाउन सम्बद्ध क्षेत्रका विज्ञ तथा अधिकारीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।  

सो अभियानअन्तर्गत पहिलो चरणमा विराटनगर महानगरपालिकाभित्रका २१ हजार ६०० गाईभैँसीलाई खोप दिइसकेपछि क्रमशः सबै जिल्ला हुँदै कोशी प्रदेशस्थित १३७ वटै पालिकाका पशुचौपायालाई खोप दिने कार्यक्रम रहेको पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय, कोशी प्रदेशका निर्देशक डा सुशीलकुमार अधिकारीले जानकारी दिए ।  

इलाम जिल्लालाई यसअघि नै खोरेतमुक्त घोषणा गरिएको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेत रोगमुक्त जिल्ला बनाउन आवश्यक तयारीका साथ अभियान बढाइएको निर्देशक अधिकारीले जानकारी दिए । 

कोशी प्रदेश सरकारको खोरेत रोगविरुद्ध भ्यास्किन लगाउने अभियानले पशुपालन व्यवसायलाई आधुनिक, सुरक्षित र दिगो बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै खोप कार्यक्रमलाई सफल बनाउने अभियानमा साथ दिन सम्बद्ध सबैसँग प्रदेश सरकारले अनुरोध गरेको छ ।  रासस
 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ५ : ०२ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको