जेन-जी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भयो : ओली « Khabarhub

जेन-जी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भयो : ओली


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताएका छन् । 

आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले जेन-जी आन्दोलनका नाममा असंवैधानिक तवरले सरकार गठनका साथै प्रतिनिधिसभा विघटन गरेर देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताएका हुन् ।

ओलीले देश जलाउनेहरू नै अहिले देश चलाउन भनेर आएको जिकिर गरे । अहिलेको परिस्थिति राष्ट्रको लागि अनिष्ठ परिस्थिति भएको भन्दै उनले यो परिस्थितिलाई लामो समय जान दिनु नहुने धारणा राखे ।

अहिले विभिन्न प्रकारका आपराधिक तत्त्वबाट जनता आतङ्कित भएकाले उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिने जिम्मा युवाको काँधमा आएको ओलीले बताए  ।

अध्यक्ष ओलीले जेन-जी आन्दोलनका क्रममा अपराधमा संलग्न व्यक्तिहरूको पहिचान भए पनि उनीहरूलाई कारबाही नगरिएको बताए । अपराधमा संलग्नलाई प्रहरीले सप्रमाण गिरफ्तार गर्दा समेत सरकारले छाड्ने आदेश दिएको उनको भनाइ छ । 

उनले एमाले तोडफोड र आगो लगाउन सडकमा जाने नभई देशमा शान्ति, संविधान र लोकतन्त्र चाहियो भनेर सडकमा जाने स्पष्ट पारे । एमालेले अब आन्दोलनका लागि प्रशासनसँग कुनै अनुमति नलिने उनले बताए ।

उनले शान्तिपूर्ण आन्दोलन संवैधानिक अधिकार भएको बताउँदै संविधानको अधिकारलाई सिडिओको आदेशले नकाट्ने बताए  । लोकतन्त्र फर्काइ छाड्ने प्रतिबद्धताका साथ एमाले सडकमा उत्रिने उनको भनाइ छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ५ : २० बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको