महाराजगञ्ज बृत्त आगजनीमा संलग्न भोजपुरका युवक पेस्तोलसहित पक्राउ, प्रहरीमाथि कुटपिटमा पनि संलग्न थिए | Khabarhub Khabarhub

महाराजगञ्ज बृत्त आगजनीमा संलग्न भोजपुरका युवक पेस्तोलसहित पक्राउ, प्रहरीमाथि कुटपिटमा पनि संलग्न थिए


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा आगजनी, लुटपाट र प्रहरीको हत्या घटनामा संलग्न एकजना व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भोजपुर साल्पा सिलिचो गाउँपालिका–२ दोभाने घर भई हाल काठमाडौँ महानगरपालिका–१६ पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राईलाई प्रहरीले शनिबार सामाखुसी चोकबाट नियन्त्रणमा लिएको हो।

राईको बसोबासस्थलमा खानतलासी गर्दा प्रहरीले टाइप ५४ पेस्तोल, म्याग्जिनमा रहेको ७ राउण्ड गोली, आन्दोलनको दिन लगाएको कपडा र जुत्तासमेत बरामद भएको जनाएको छ।

राईमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पक्राउ परेका राईमाथि यसअघि पनि प्रहरी वृत्त महाराजगञ्जमा ज्यानसम्बन्धी कसूरमा मुद्दा चलिसकेको अभिलेखमा देखिएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको जनाएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ५ : २९ बजे

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र