जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ « Khabarhub

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नुवाकोटको लिखु गाउँपालिका–६ का २९ वर्षीय विकलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कात्तिक २३ गते काठमाडौं तारकेश्वर नगरपालिका–५, अर्यालटारबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी पुनः जगन्नाथदेवल कारागार, सुन्धारामा बुझाइएको छ।

विकले २०७७ साल असार १३ गतेदेखि उक्त कारागारमा कैद भुक्तान गरिरहेका थिए। तर, २०८२ साल भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित कारागारबाट फरार भएका थिए।

फरार भएपछि सीआईबीले उनलाई खोजी सूचीमा राख्दै देशभर खोजतलास जारी गरेको थियो। पाँच वर्ष कैद भुक्तान गरिसकेका विनोदको अझै २० वर्ष कैद बाँकी रहेको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ८ : ५३ बजे

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र